Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिद्धार्थको बार्षिक उत्सब सम्पन्न, पुडासैनी र प्याकुरेललाई सर्वोत्कृष्ट शिक्षकको सम्मान

Screenshot_20240122_19112-1705930553.jpg

८ माघ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४८ औँ वर्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको हो । प्रमुख अतिथि मोक्तानले कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक सुधारमा विद्यालयले खेलेको भूमिका प्रशंसा गरेकी थिइन्। 

पुरस्कार वितरण तथा समापन कार्यक्रममा संविधानसभा सदस्य अन्नत पौडेल,मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई,पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष रुपेश दुलाल, बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका दिपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल,शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम,राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिषचन्द्र सापकोटा,२ नम्वर वडा सदस्य सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी, मकवानपुर क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्याय विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका   सुप्रीया चौलागाईं र  कविता न्यौपाने सहित विद्यालयकी कर्मचारी सोभा श्रेष्ठलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी नगद २५ हजार सहित गोकुल वागेश्वरी सर्वोत्कृष्ट शिक्षकबाट संगीता पुडासैनी र उत्कृष्ट शिक्षकमा अम्बिका प्याकुरेल नगद ५ हजार सहित र विद्यालया प्रअ मोहनप्रसाद शर्मालाई प्रशंसापत्र पत्रले सम्मानित गरिएको थियो भने कार्यक्रममा २०७९ सालको एसईई परीक्षा र आधारभूत तहमा ए प्लस अङ्क प्राप्त भएका बिषयका बिषय शिक्षकहरू समेत सम्मान गरिएको थियो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो भने विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो।कार्यक्रममा आयोजक गरिएको शैक्षिक सामग्री प्रदर्शन र खाना महोत्सवमा प्रमुख अतिथी र अतिथिहरूले अवलोकन गरेका थिए।

Screenshot_20240122_19273-1705931121.jpg
Screenshot_20240122_19293-1705931152.jpg
FB_IMG_1705931804606-1705931851.jpg
FB_IMG_1705931826590-1705931874.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार