८ माघ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४८ औँ वर्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको हो । प्रमुख अतिथि मोक्तानले कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक सुधारमा विद्यालयले खेलेको भूमिका प्रशंसा गरेकी थिइन्।
पुरस्कार वितरण तथा समापन कार्यक्रममा संविधानसभा सदस्य अन्नत पौडेल,मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई,पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष रुपेश दुलाल, बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका दिपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल,शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम,राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिषचन्द्र सापकोटा,२ नम्वर वडा सदस्य सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी, मकवानपुर क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्याय विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका सुप्रीया चौलागाईं र कविता न्यौपाने सहित विद्यालयकी कर्मचारी सोभा श्रेष्ठलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी नगद २५ हजार सहित गोकुल वागेश्वरी सर्वोत्कृष्ट शिक्षकबाट संगीता पुडासैनी र उत्कृष्ट शिक्षकमा अम्बिका प्याकुरेल नगद ५ हजार सहित र विद्यालया प्रअ मोहनप्रसाद शर्मालाई प्रशंसापत्र पत्रले सम्मानित गरिएको थियो भने कार्यक्रममा २०७९ सालको एसईई परीक्षा र आधारभूत तहमा ए प्लस अङ्क प्राप्त भएका बिषयका बिषय शिक्षकहरू समेत सम्मान गरिएको थियो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो भने विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो।कार्यक्रममा आयोजक गरिएको शैक्षिक सामग्री प्रदर्शन र खाना महोत्सवमा प्रमुख अतिथी र अतिथिहरूले अवलोकन गरेका थिए।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













