९ माघ, जनकपुर । नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । जनकपुरमा सम्पन्न दोस्रो केन्द्रीय समिति बैठक १५ बुँदे निर्णय गरेको हो ।
बैठकले युनियनको सङ्गठन र श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजना निर्माणका लागि उपाध्यक्ष गणेशबहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने, नेपाली कांग्रेससँगको सम्बन्धबारे अवधारण निर्माण गर्दै आगामी महासमिति बैठकमा श्रमिक प्रतिनिधित्वका लागि दबाबमूलक कार्यक्रम गर्ने, ट्रेड युनियन कांग्रेसको विधानमा व्यवस्था भएबमोजिम आठवटा विभाग र १४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव तोक्ने निर्णय गरेको छ ।
त्यसैगरी, शिक्षा ऐन २०२८ लाई सरोकारवाला पक्षसँग संवाद गरी तत्काल संशोधन गर्नुपर्ने, विगत लामो समयदेखि आधिकारिक ट्रेड युनियनको निर्वाचन नियमित नभएकाले नियमित हुनुपर्ने, श्रम ऐन, र सामाजिक सुरक्षा योजना प्रभावकारीरूपमा लागू गर्नुपर्ने तथा श्रम ऐनको दफा, १४५ लगायत श्रमिक विरोधी दफाहरु तत्काल संशोधन गराउन विशेष अभियान सुरु गर्ने पनि बैठकले निर्णय गरेको युनियनका राष्ट्रिय अध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिए ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






