Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनः मतदान शुरु

IMG_20240125_093258-1706154569.jpg

११ माघ,हेटौंडा । बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया शुरु भएको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको नयाँ भवनमा मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत श्री प्रसाद सञ्जेलले जानकारी दिएका छन् । निर्धारित समय ९ बजेबाटनै मतदान कार्य शुरु भएको हो ।

निर्वाचनमा बागमती प्रदेशसभाका १ सय १० जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख÷उपप्रमुख गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन । आज हुने बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी ४ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।  सत्तारुढ गठबन्धन नेतृत्व दल कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दर्ता गरेका छन् । यस्तै माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार रहेका छन् । त्यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चारजनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् । बागमती प्रदेशबाट राप्रपाका चारजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राप्रपाका तर्फबाट बागमतीमा अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता÷अल्पसंख्यकबाट भरतमणि भट्ट  उम्मेदवार रहेका छन् । यस्तै नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार रहेका छन् र यस निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार ४ हजार ५०३ रहने छ । मतदान कार्य ३ बजे सक्किने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार