११ माघ,हेटौँडा । बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया सक्किएको छ । ९ बजेबाट सुरु भएको मतदान भर्खरै सक्किएको हो ।
आज भएको निर्वाचनको मतदान मा १०८ प्रदेशसभा सदस्य तथा २३४ जनप्रतिनिधिले गरी कुल ३४२ जनाले मतदान गरेको मुख्य निडर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएका छन । प्रदेशसभा तर्फ २ जना र स्थानीय तहतर्फ ३ जना प्रतिनिधिको मतदान प्रक्रियामा सहभागी नजनाएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएका छन ।
मतदान सक्किएसँगै ४ बजेबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत सञ्जेलले बताएका छन् ।बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी ४ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका ४ जना,नेकपा एमालेको तर्फबाट ४ जना र नेपाल मजदुर किसान पार्टीबाट ४जना र राप्रपाका ३ जना गरी १५ जनाले मनोनयन दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन नेतृत्व दल कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दर्ता गरेका छन् । यस्तै माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चारजनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल,अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । बागमती प्रदेशबाट राप्रपाका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राप्रपाका तर्फबाट बागमतीमा अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता/अल्पसंख्यकबाट भरतमणि भट्ट र दलितमा पूर्णबहादुर बिश्वकर्माको उमेर नपुगेको कारण मनोनयन दर्ता खारेज भएको थियो। यस्तै नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपालीले मनोनयन दर्ता गरेका छन्।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...



-1788745767.jpg)













