सुनिल शिवाकोटी
११माघ,हेटौंडा। बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बिहिबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा कांग्रेसबाट महिला क्लस्टरमा उम्मेदवार बनेकी विष्णु कुमारी पुडासैनी र (अन्य)मा गठबन्धन दल कांग्रेसबाट मनोनयन दर्ता गराएका जितजंग बस्नेत र माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन्। पुडासैनी, बस्नेत, अधिकारी र विश्वकर्माले क्रमश ६६२२, ६५३१,६३८३र ६५१२ मतभारले विजयी भएका हुन् ।
महिला क्लस्टरमा पुडासैनीले ६ हजार ६ सय २२ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईले २ हजार ५ सय ५२ मतभार प्राप्त गरेका छन् । त्यस्तै राप्रपाकि महिला उम्मेदवार बाल कुमारी डल्लाकोटी र नेमकिपाका महिला उम्मेदवार कृष्ण लक्ष्मी दुवालले क्रमश ७०८ र १९७ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार बनेस्तले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार निर्मल पौडेलले २३५९ मतभार प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार हेमजंग गुरुङ र नेमकिपाका उम्मेदवार श्रीकृष्ण महर्जनले क्रमश ९५८ र १९७ मतभार प्राप्त गरेका छन्।
त्यस्तै केन्द्रबाट अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण अधिकारीले ६ हजार ३ सय ८३ मतभार प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले २ हजार ७ सय ३४ मतभार प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश ७२७ र १९७ मतभार प्राप्त गरेका छन् ।त्यसैगरी दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले ६ हजार ५ सय १२ मतभार प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ३ हजार ५२ मातभार प्राप्त गरेका छन् ।यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले १९७ मतभार प्राप्त गरेकी छिन् ।
स्थानिय तह अन्तर्गत २३४ मा महिला तर्फका उम्मेदवार पुडासैनी ले १७० मत र चौलागाई ले ५९ मत पाएका छन् । त्यसैगरी डल्लाकोटीले १ मत , दुवालले २ मत प्राप्त गरेकी छिन् भने २ मत बदर भएको छ ।
यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार बस्नेतले २३४ मतमा १६८ मत र पौडेलले ६० मत प्राप्त गरेका छन भने राप्रपा र नेमकिपाका उम्मेदवार गुरुङ र भट्टले ३ र २ मत प्राप्त गरेका छन। १ मत बदर भएको छ।
स्थानीय तहमै अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण अधिकारीले १६३ मत प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले ६३ मत प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश २ र २ मत प्राप्त गरेका छन् । ४ मत बदर भएको छ।
त्यसैगरी स्थानीय तहमै दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले १६७ मत प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ६३ मात प्राप्त गरेका छन् । यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले २ मत प्राप्त गरेकी छिन् । ७ मत बदर भएको छ।
प्रदेशसभा अन्तर्गत १०८ मा महिला तर्फका उम्मेदवार पुडासैनी ले ६४ मत र चौलागाई ले २७ मत पाएका छन् । त्यसैगरी डल्लाकोटीले १३ मत दुवालले ३ मत प्राप्त गरेकी छिन् भने १ मत बदर भएको छ ।
यता प्रदेशसभा अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार बस्नेतले १०८ मतमा ६३ मत र पौडेलले २३ मत प्राप्त गरेका छन भने राप्रपा र नेमकिपाका उम्मेदवार गुरुङ र भट्टले १७ र ३ मत प्राप्त गरेका छन्। २ मत बदर भएको छ।
प्रदेशसभा अन्तर्गत अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण अधिकारीले ६२ मत प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले २८ मत प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश १३ र ३ मत प्राप्त गरेका छन् । १ मत बदर भएको छ। त्यसैगरी प्रदेशसभा अन्तर्गत दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले ६३ मत प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ३५ मात प्राप्त गरेका छन् । यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले ३ मत प्राप्त गरेकी छिन् ।१ मत बदर भएको छ। निर्वाचनमा ३ सय ४७ मतदाता रहेको निर्वाचनमा ५ जना मतदाता अनुपस्थित रहेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







