Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनका सबै विजयी

IMG_20240125_174158-1706183950.jpg

सुनिल शिवाकोटी 

११माघ,हेटौंडा। बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बिहिबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा कांग्रेसबाट महिला क्लस्टरमा उम्मेदवार बनेकी विष्णु कुमारी पुडासैनी र (अन्य)मा गठबन्धन दल कांग्रेसबाट मनोनयन दर्ता गराएका जितजंग बस्नेत र माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन्। पुडासैनी, बस्नेत, अधिकारी र विश्वकर्माले क्रमश ६६२२, ६५३१,६३८३र ६५१२ मतभारले विजयी भएका हुन् ।

महिला क्लस्टरमा पुडासैनीले ६ हजार ६ सय २२  मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी  उम्मेदवार रोचकुमारी चौलागाईले २ हजार ५ सय ५२  मतभार प्राप्त गरेका छन् । त्यस्तै राप्रपाकि महिला उम्मेदवार बाल कुमारी डल्लाकोटी र नेमकिपाका महिला उम्मेदवार कृष्ण लक्ष्मी दुवालले क्रमश ७०८ र  १९७ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार बनेस्तले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार निर्मल पौडेलले २३५९ मतभार  प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार हेमजंग गुरुङ र  नेमकिपाका उम्मेदवार श्रीकृष्ण महर्जनले क्रमश ९५८ र १९७  मतभार प्राप्त गरेका छन्। 

त्यस्तै केन्द्रबाट अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार  श्रीकृष्ण अधिकारीले ६ हजार ३ सय ८३ मतभार प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले २ हजार ७ सय ३४ मतभार प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश ७२७ र १९७ मतभार प्राप्त गरेका छन् ।त्यसैगरी दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले ६ हजार ५ सय १२ मतभार प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ३ हजार ५२ मातभार प्राप्त गरेका छन् ।यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले १९७ मतभार प्राप्त गरेकी छिन् ।

स्थानिय तह अन्तर्गत २३४ मा महिला तर्फका उम्मेदवार पुडासैनी ले १७० मत र चौलागाई ले ५९ मत पाएका छन् । त्यसैगरी डल्लाकोटीले १ मत , दुवालले २ मत प्राप्त गरेकी छिन् भने २ मत बदर भएको छ ।  

यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार बस्नेतले २३४ मतमा १६८ मत र पौडेलले ६० मत प्राप्त गरेका छन भने राप्रपा र नेमकिपाका उम्मेदवार गुरुङ र भट्टले ३ र २ मत प्राप्त गरेका छन। १ मत बदर भएको छ। 

स्थानीय तहमै अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार  श्रीकृष्ण अधिकारीले १६३ मत प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले ६३ मत प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश २ र २ मत प्राप्त गरेका छन् । ४ मत बदर भएको छ। 

त्यसैगरी स्थानीय तहमै दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले १६७ मत प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ६३ मात प्राप्त गरेका छन् । यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले २ मत प्राप्त गरेकी छिन् । ७ मत बदर भएको छ। 

प्रदेशसभा अन्तर्गत १०८ मा महिला तर्फका उम्मेदवार पुडासैनी ले ६४ मत र चौलागाई ले २७ मत पाएका छन् । त्यसैगरी डल्लाकोटीले १३ मत दुवालले ३ मत प्राप्त गरेकी छिन् भने १ मत बदर भएको छ ।  

यता प्रदेशसभा अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार बस्नेतले १०८  मतमा ६३ मत र पौडेलले २३ मत प्राप्त गरेका छन भने राप्रपा र नेमकिपाका उम्मेदवार गुरुङ र भट्टले १७ र ३  मत प्राप्त गरेका छन्।  २ मत बदर भएको छ। 

प्रदेशसभा अन्तर्गत अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार  श्रीकृष्ण अधिकारीले ६२ मत प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले २८ मत प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश १३ र ३ मत प्राप्त गरेका छन् । १ मत बदर भएको छ। त्यसैगरी प्रदेशसभा अन्तर्गत दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले ६३ मत प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ३५  मात प्राप्त गरेका छन् । यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले ३ मत प्राप्त गरेकी छिन् ।१ मत बदर भएको छ। निर्वाचनमा ३ सय ४७ मतदाता रहेको निर्वाचनमा ५ जना मतदाता अनुपस्थित रहेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार