Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सेवामुखी राजनीतिमा जोड दिन कांग्रेस नेता प्रकाशमान सिंहको जोड

Prakasha-Man-SIngh-1706315250.jpg

१३ माघ, हेटौंडा ।  नेपाली कांग्रेस बागमती प्रदेश समितिको आयोजनामा शुक्रबार हेटौँडामा पार्टीको ७८ स्थापना दिवस मनाइएको छ । 
नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । उनले राजनीतिमार्फत समाज र राष्ट्रको सेवामा ध्यान दिन आग्रह गरेका हुन् । 
‘प्रधानमन्त्री बनौँला, माननीय बनौँला, मेयर बनौँला भनेर हामी राजनीतिमा आएका होइनौं, हामी त जनताको अधिकार दिलाउन राजनीतिमा लागेका हौँ ।’ नेता सिंहले भने–‘७८ औं स्थापना दिवस मनाइरहँदा के कुरामा जोड दिन पर्यो भने राजनीतिलाई सेवाको क्षेत्रको रुपमा स्थापित गराउन ध्यान दिनुपर्छ  ।’ 
नेपाली कांग्रेस पार्टीलाई लोकप्रिय पार्टीको रुपमा आजसम्म स्थापित गर्न आफ्ना पिता गणेशमान र अन्य नेताहरुको भूमिकालाई उनले स्मरणसमेत गरे । पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेर बनेका जनप्रतिनिधिहरुले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 
सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा जनताले चाहेको सुशासनलाई अनुभुत गराउन सक्ने उनको भनाइ थियो । जनताको इच्छा आकांक्षा पूरा गर्न निस्वार्थ भावले काम गर्नुपर्ने नेता सिंहले बताए । 
विगतदेखि नै विभिन्न राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै नेता सिंहले २०७२ को संविधान जारी गर्नसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे । 
कांग्रेसकै नेतृत्वमा प्राप्त भएको संविधानको रक्षाको लागि अहिले अन्य दलहरुसँग गठबन्धन गरेर अघि बढिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धनलाई अझै बलियो बनाएर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । 
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा केन्द्रीय सदस्य राजन केसी, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री, कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, बिहीबार मात्रै बागमती प्रदेशमा गठबन्धनबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकाहरु जितजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार