Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भिमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना सुरु

5-1706360381.jpg

१३ माघ, भिमफेदी । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर मकवानपुरको भिमफेदी गाउँपलिका सामजिक सुरक्षा योजनाको शुभारम्भ गर्ने देशकै पहिलो पालिका बनेको छ ।
शनिबार एक औपचारिक कार्यक्रमका बिच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन् । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पञ्जिकृत भएका कृषि, निर्माण र यातायात क्षेत्रका ९८ जना श्रमिकहरु सहभागी भएका छन् । 
सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको श्रमिक न्युनतम बेतन १० हजार ८ सय २० तोके अनुसार त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नेछन् भने स्थानीय सरकारले सामाजिक सुरक्षामा सहभागी भएका श्रमिकहरुको तर्फबाट कोषमा गाउँपालिकाले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।
कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।
संघीय संसदका सभामुख देवराज घिमिरेले अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यान्वयन तीनै तहका सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा राज्यका अंगहरु जिम्मेवार भएर अघि बढ्न सके जनशक्ति विदेशिने क्रम रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सभामुख घिमिरेले राज्यले कमजोर नागरिकहरुलाई आथिर्क सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको बताए । कोषले श्रमिकहरुको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी हुने विश्वास व्यक्त गरे ।
यस्तै नेकपा एमालेका सचेतक एवम् मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारको लगानी गनुपर्ने बताए । स्थानीय तहहरुले कार्यान्वयनको तत्पर्ता देखाएको सामाजिक सुरक्षा योजनामा संघ र प्रदेश सरकारको लगानी हुनुपर्नेमा जोड दिए । उनले सामाजिक सुरक्षा योजनाको स्थायीत्व र निरन्तरताको लागि तीनै तहका सरकारको लगानी र श्रमिकहरुको सहलगानी जरुरी रहेको बताए । नेपालमा केही हुन्न भन्ने भाष्य स्थापित गर्न खोजिएको बखत सरकारले सामाजिक सुरक्षा कोष र प्रभावकारि कार्यक्रमहरु कार्यान्वयनमा गम्भिर ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए । 
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, पत्रकार महासङघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतले पालिकाको कामको प्रशंसा गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार