१३ माघ, भिमफेदी । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर मकवानपुरको भिमफेदी गाउँपलिका सामजिक सुरक्षा योजनाको शुभारम्भ गर्ने देशकै पहिलो पालिका बनेको छ ।
शनिबार एक औपचारिक कार्यक्रमका बिच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन् । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पञ्जिकृत भएका कृषि, निर्माण र यातायात क्षेत्रका ९८ जना श्रमिकहरु सहभागी भएका छन् ।
सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको श्रमिक न्युनतम बेतन १० हजार ८ सय २० तोके अनुसार त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नेछन् भने स्थानीय सरकारले सामाजिक सुरक्षामा सहभागी भएका श्रमिकहरुको तर्फबाट कोषमा गाउँपालिकाले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।
कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।
संघीय संसदका सभामुख देवराज घिमिरेले अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यान्वयन तीनै तहका सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा राज्यका अंगहरु जिम्मेवार भएर अघि बढ्न सके जनशक्ति विदेशिने क्रम रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सभामुख घिमिरेले राज्यले कमजोर नागरिकहरुलाई आथिर्क सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको बताए । कोषले श्रमिकहरुको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी हुने विश्वास व्यक्त गरे ।
यस्तै नेकपा एमालेका सचेतक एवम् मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारको लगानी गनुपर्ने बताए । स्थानीय तहहरुले कार्यान्वयनको तत्पर्ता देखाएको सामाजिक सुरक्षा योजनामा संघ र प्रदेश सरकारको लगानी हुनुपर्नेमा जोड दिए । उनले सामाजिक सुरक्षा योजनाको स्थायीत्व र निरन्तरताको लागि तीनै तहका सरकारको लगानी र श्रमिकहरुको सहलगानी जरुरी रहेको बताए । नेपालमा केही हुन्न भन्ने भाष्य स्थापित गर्न खोजिएको बखत सरकारले सामाजिक सुरक्षा कोष र प्रभावकारि कार्यक्रमहरु कार्यान्वयनमा गम्भिर ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, पत्रकार महासङघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतले पालिकाको कामको प्रशंसा गरेका थिए ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













