१८ माघ, हेटौँडा । हिमालयन शेर्पालाई ३–० ले हराउँदै न्यूरोड टिम (एनआरटी) हेटौँडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा साविक उपविजेता समेत रहेको शेर्पालाई निराश बनाउँदै एनआरटीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । सुरुवाती समय निकै राम्रो खेल प्रस्तुत गरेको शेर्पाले २९ औं मिनेटमा गोल व्यहोरेको थियो । जोन ग्लोरीले निकालिदिएको पासलाई सदुपयोग गर्दै सरोज तामाङले गोल गरेका हुन् ।
पहिलो हाफ एक गोलले अघि रहेको एनआरटीले दोस्रो हाफमा दुई गोल थपेको थियो । ५७ औं एनआरटीका रोहन खड्कीले अग्रता दोब्बर पारे । उनले शेर्पाका दुई डिफेण्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
८६ औं मिनेटमा एनआरटीले अर्को गोल थप्यो । मोहित गुरुङको क्रसलाई सुमित श्रेष्ठले गोलमा परिणत गरेका हुन् । सुरुवाती करिब आधा घण्टा शेर्पाले राम्रो खेल खेल्दै केही अवसर समेत सृजना गरेको थियो । २२ औं मिनेटमा शेर्पाका नेपोलियनले वान भर्सेस वान प्रहारलाई गोल गर्न सकेनन् ।
एनआरटीका खेलाडीले अफसाइड भनेर छोडेको अनसाइड नै रहेको बललाई उनले गोल गर्ने प्रयास गरेपनि गोलरक्षक प्रिसोले बचाएका थिए । त्यसको तीन मिनेट पछि नेपोलियनकै सशक्त प्रहारलाई प्रिसोले मुस्किलले बचाए ।
दोस्रो हाफमा भने एनआरटी हावी भएको थियो । खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । हिमायन शेर्पा क्लवका प्रशिक्षक शिव लामाले तयारी नपुगेको र टिम सेटअप हुन नसकेकोले हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए ।
यता एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्ना खेलाडीले उत्कृष्ट खेल्दै राम्रो नतिजा निकालेको बताए । जारी प्रतियोगितामा बिहीबार मच्छिन्द्र फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ । १२ टोलीको सहभागिता रहेको प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ ।
गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















