Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतन्त्रवादी चेपाङ संघको अध्यक्षमा सन्त चेपाङ

df-1706752216.jpg

१८ माघ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । 
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार चेपाङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
महासंघको विधान २०७९ को परिच्छेद २ को धारा ४ को उपधारा (क) बमोजिम लोकतन्त्रवादी चेपाङ संघको तदर्थ समिति गठन गरिएको हो । बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहेका सन्तको अध्यक्षतामा गठित संघले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघसँग समन्वय गरी ६ महिना भित्र केन्द्रीय कार्यसमिति विस्तार गरेर अधिवेशन गराउन भनिएको छ ।
अध्यक्षमा मनोनित भएसँगै अध्यक्ष सन्तले केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश अध्यक्षसमेत मनोनयन गरेका छन् । मनोनित हुनेमा वरिष्ठ उपाध्यक्षमा चितवनका अर्जुन चेपाङ, उपाध्यक्षमा दिल्लीराज चेपाङ महासचिवमा धादिङका सुरेन्द्र चेपाङ, सचिवमा रबिन्द्रकुमार चेपाङ, कोषाध्यक्षमा धादिङका बिष्णुमाया चेपाङ र बागमती प्रदेश सभापतिमा खेमबहादुर चेपाङ रहेका छन् ।
अति सीमान्तकृत जनजातिको सूचीमा रहेका चेपाङ समुदायको देशका करिब २६ जिल्लामा बसोबास रहेको छ । विशेष गरी मकवानपुर, धादिङ, चितवन, गोरखा र लमजुङमा चेपाङको बाक्लो बसोबास रहेको छ । २०७८ सालको जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ ।
नेपाल लोकतन्त्रवादी आदिवादी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको मनोनयन कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार