१८ माघ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार चेपाङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
महासंघको विधान २०७९ को परिच्छेद २ को धारा ४ को उपधारा (क) बमोजिम लोकतन्त्रवादी चेपाङ संघको तदर्थ समिति गठन गरिएको हो । बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहेका सन्तको अध्यक्षतामा गठित संघले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघसँग समन्वय गरी ६ महिना भित्र केन्द्रीय कार्यसमिति विस्तार गरेर अधिवेशन गराउन भनिएको छ ।
अध्यक्षमा मनोनित भएसँगै अध्यक्ष सन्तले केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश अध्यक्षसमेत मनोनयन गरेका छन् । मनोनित हुनेमा वरिष्ठ उपाध्यक्षमा चितवनका अर्जुन चेपाङ, उपाध्यक्षमा दिल्लीराज चेपाङ महासचिवमा धादिङका सुरेन्द्र चेपाङ, सचिवमा रबिन्द्रकुमार चेपाङ, कोषाध्यक्षमा धादिङका बिष्णुमाया चेपाङ र बागमती प्रदेश सभापतिमा खेमबहादुर चेपाङ रहेका छन् ।
अति सीमान्तकृत जनजातिको सूचीमा रहेका चेपाङ समुदायको देशका करिब २६ जिल्लामा बसोबास रहेको छ । विशेष गरी मकवानपुर, धादिङ, चितवन, गोरखा र लमजुङमा चेपाङको बाक्लो बसोबास रहेको छ । २०७८ सालको जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ ।
नेपाल लोकतन्त्रवादी आदिवादी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको मनोनयन कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













