Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशसभाको छैटौं बार्षिकोत्सव मनाइयो

Screenshot_20240201_17414-1706788749.jpg

१८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बिहीबार छैटौं बार्षिकोत्सव मनाइएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता एवं सभामुख भुवनकुमार पाठकको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनुपर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको जनाइएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म ३४ दिन प्रदेशसभा संचालन भएको र ५६ बैठक बसेको थियोे । बैठकबाट प्रदेशसभामा दर्ता भएका १२ विधेयकमध्ये ८ विधेयक पारित भइसकेको जानकारी दिइएको थियो । पास भएकामध्ये एउटा विधेयक पुनर्विचारका लागि प्रदेश प्रमुखबाट प्रदेशसभामा फिर्ता पठाएका छन् । कार्यक्रममा प्रदेशसभाको मोबाइल एप शुभारम्भ एवं पुस्तक विमोचन गरिएको थियो । 
कार्यक्रममा माननीय गिता गुरूङ, मधुसुदन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुंगाना, लक्ष्मीदेवी श्रेष्ठ, प्रदेशसभाका कर्मचारीहरू कानून अधिकृत मनोजकुमार गुप्ता, कम्प्युटर अधिकृत रोशन प्रधान, कम्प्युटर अपरेटर सरिता घिमिरे र कार्यालय सहयोगी मिना ओझालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मूख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्व मूख्यमन्त्री डोरमणि पौडेल, उपसभामुख अप्सरा चापागाईं, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मन्त्री, सांसदीय दलका नेता, सांसद, प्रदेशका सचिवहरू लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार