Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डिआइजी केसीलाई सामुदायिक प्रहरी सेवा केन्द्रको स्वागत

dig-welcome-1706798118.jpg

१८ माघ,हेटौँडा । मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले र्भखरै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सरुवा भइ आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको छ ।   
बिहिबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले बागमती प्रदेश प्रहरी कार्यालयका  प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको हो । 
केन्द्रका अध्यक्ष राम बिष्टको समाध्यक्षतामा भएको स्वागत,परिचयात्मक कार्यक्रमलाई  सम्बोधन गर्दै डिआइजी केसीले शान्ति सुरक्षा लगायत समाज परिवर्तनमा प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने भएकोले नागरिकको सहभागीता अपरिहार्य भएको बताएका छन् ।  
उनले सामुदायिक सेवा केन्द्र मकवानपुरले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै केन्द्रसँग बागमती प्रदेश प्रहरी कार्यालय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा समुदाय प्रहरी साझेदारीका जिल्ला सह–संयोजक एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल ,सशस्त्र प्रहरी १४ नं. गणका प्रहरी नायव उपरीक्षक सुबास केसी ,जिसस मकवानपुर पुर्व प्रमुख तथा मानार्थ सदस्य रघुनाथ खुलाल, सिताराम बर्तौला,प्रकाश पौडेल ,जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रतिनिधि ,केन्द्रका पदाधिकारी एवम् सदस्यहरू,विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ,शिक्षक ,विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार