Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चनौटा सामुदायिक वन उपभोक्ता समितिको साधारणसभा सम्पन्न

FB_IMG_1706883550969-1706883644.jpg

१९ माघ, हेटौडा । हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय, राप्तीका प्रमुख लोकराज नेपालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष हरिशरण पौडेलको सभाध्यक्षतामा  साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन र चालु आव.०८०/०८१ को लागि ३१ लाख ४६ हजारको अनुमानित आयव्यय विवरण, सचिव कुसुम पौडेलले प्रगति प्रतिवेदन र कार्यसमिति सदस्य लोकेन्द्र कार्कीले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा समूहका विपन्न बर्गका उपभोक्ताहरुलाई छात्रवृति वितरण गरिनुका साथै उत्कृष्ट उपभोक्तालाई पुरस्कृत गरिएको थियो । समूहले विपन्न बर्गका विद्यार्थीमा कविता तामाङ, कुमार अर्याल, विष्णु बहादुर खडका र उत्कृष्ठ उपभोक्तामा मिठु अर्यालालाई नगद पुरस्कार प्रदान गरेको थियो ।

साधारणसभामा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, सव डिभिजन वन कार्यालय, बसामाडीका रेन्जर ज्ञान कुमार रिमाल, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, समूहका सल्लाहकार राम प्रसाद पौडेल, प्रकाश थोकर, जनहित सामुदायिक वनका अध्यक्ष विक्रम पण्डित, कालिका हरियाली सामुदायिक वनकी अध्यक्ष गान्धी घलान, नेपाल रेडक्रस सोसाईटी बस्तीपुरका सभापति राजु घले, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार