Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

धनकुट्टाको राजारानीसँग पुलिस पराजित

CND00008-(1)-1706919628.jpg

२० माघ, हेटौंडा । नेपला पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै धनकुट्टाको राजारानी फुटबल क्लब हेटौँडामा जारी छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 
पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफमा दुई गोल गर्दै राजारानीले पुलिसलाई निराश बनाएको हो । राजारानीको जितमा विदेशी खेलाडी अजायी मार्टिन्स र सशिल लामाले गोल गरेका हुन् ।
खेलको ५३ औं मिनेटमा मार्टिन्सले हेडमार्फत गोल गर्दै राजारानीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ६४ मिनेटमा सुशिल लामाले गोल गरेपछि राजारानीको जित सुनिश्चित बन्यो । खेलको म्यान अफ द म्याच पहिलो गोलकर्ता मार्टिन्स घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 
पुलिस क्लवका प्रशिक्षक चेतन घिमिरेले नयाँ युवा खेलाडीलाई समेटेर टिम बनाउँदा सेटिङ मिल्न नसक्दा पराजय भोग्नु परेको दावी गरे । उनले नियमित खेलाडीहरु बाहिर रहँदा तालमेलको अभाव देखिएको बताए । 
यस्तै राजारानी क्लवका प्रशिक्षक सविन अधिकारीले नेपाल पुलिससँगको जितले आफुहरु निकै खुशी भएको प्रतिक्रिया दिए । आफुहरुको जित्ने लक्ष्य पुरा भएको बताउँदै उनले आगामी दिनमा थप सुधारिएको खेल प्रश्तुत हुने बताए ।
१२ टोलीको सहभागिता रहेको प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । जारी प्रतियोगितामा शनिबार न्यूरोड टिम एनआरटी र चर्च ब्वाइज क्लवको बीचमा हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार