Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरूण दलद्वारा हेटौंडा-६ मा ट्राफिक सचेतना कार्यक्रम

FB_IMG_1706944318217-1706945883.jpg

२० माघ, हेटौंडा । नेपाली कांग्रेसको 'समुदायमा कांग्रेस अभियान' अन्तर्गत हेटौंडा-६ चौघडामा शनिबार ट्राफिक सचेतना कार्यक्रम भएको छ । तरूण दल हेटौंडा-६ नम्बर वडा इकाईको आयोजनामा 'सवारी दुर्घटना न्यूनीकरणका निम्ति सचेतना कार्यक्रम' भएको हो ।
प्रहरी चौकी चौघडासंगको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र तरूण दल सम्बद्ध नेता कार्यकर्ताहरू र चौघडा चौकीका सुरक्षाकर्मीले कान्तिलोकपथमा संचालन हुने सवारीका चालक र प‌ैदल यात्रीलाई सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, मादक पदार्थ र लागु औषध सेवन गरि सवारी नचलाउन, बजार क्षेत्रमा तिब्र गतिमा सवारी नचलाउन, मोटरसाइकल चलाउँदा हेल्मेट लगाउन सुझाव दिएका थिए ।
उनीहरूले जथाभावी पार्किङ नगर्न, सडक पार गर्न जेब्रा क्रसको प्रयोग गर्न, पैदल यात्रीहरूलाई सडक पेटीबाट मात्रै हिड्न, सधैं ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाली कांग्रेस जिल्ला सदस्य एवं पूर्व वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, पार्टी वडा सभापति रामहरी तिमल्सिना, उपसभापति केशव धिताल, सचिव राजकुमार फुँयाल र कृष्णप्रसाद दुलाल, हेटौंडा-६ का वडा सदस्य विजय पौडेल, पूर्व वडा सदस्य एवं तरूण दल जिल्ला सदस्य राजकुमार बास्तोला, तरूण दल ६ नम्बर वडा अध्यक्ष कमल कोइराला, उपाध्यक्ष ईश्वर राना लगायत पार्टी र तरूण दलका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
पछिल्लो समय सवारी चाप बढेसंगै हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ र हेटौंडा- धरानचतरा सडकमा दुर्घटना हुने क्रम बढेको छ ।

FB_IMG_1706944378033-1706945915.jpg
FB_IMG_1706944363109-1706945915.jpg
FB_IMG_1706944352574-1706945915.jpg
FB_IMG_1706944332614-1706945915.jpg
FB_IMG_1706944297983-1706945915.jpg
FB_IMG_1706944291271-1706945915.jpg
FB_IMG_1706944280162-1706945915.jpg
FB_IMG_1706944269174-1706945915.jpg
FB_IMG_1706944285004-1706945915.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार