२२ माघ, हेटौंडा । हेटौँडाको पहिलो सामुदायीक रेडियो रेडियो मकवानपुर र संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सोमबार दुईजनालाई समुदायीक सम्मान प्रदान गरेको छ ।
रेडियो र सहकारील स्थापना दिवसको अवसरमा मकवानपुर रिकभरिङ समूहका सन्चालक संदिप शाक्य र हेटौंडा १७ हटियाका धार्मिक अगुवा नारायण भट्टराईलाई सामाजिक सम्मान प्रदान गरेको हो ।
दुवैजना सम्मानित व्यक्तित्वहरुलाई नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । उनीहरुलाई कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र रेडियो संचालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले नगद सहित सम्मानपत्र पैदान गरेका हुन् ।
एक दशक भन्दा बढी समयसम्म लागूऔषध प्रयोग गरेका शाक्यले लागूऔषध दुव्र्यसन छोडेर रिकभरिङ समूह सन्चालन गर्दै आएका छन् । यस्तै भट्टराई ४ दशक बढी समयदेखी सनातन धर्मको संरक्षण सँगै नेपाल र भारतको विभिन्न स्थानमा आफ्नै अगुवाई एवं लगानीमा समेत मन्दिर र धर्मशाला निर्माण गर्दै आइरहेका छन् ।
सहकारी उत्पादनमुलक हुनुपर्छ ः डिना
उक्त अवसरमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री डिनाले सहकारीले वचत र ऋणसँगै अब उत्पादनमुलक काम गर्नुपर्नेमा जोड दिइन । उनलेसहकारी समयानुकूल सन्चालन हुनुपर्ने धारणा राख्दै पछिल्लो समय धेरै सहकारी घोटला र हिनामिनाका घटना आइरहेकोले शेयर सदस्य सचेत रहनुपर्ने सुझाव दिइन् ।
दिव्यतारा सहकारीका संस्थापक अध्यक्ष समेत रहेकी डिनाले धार्मिक अगुवा र लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सन्चालन गरिरहेका व्यक्तिलाई सामुदायिक सम्मान प्रदान गरेकोमा प्रशंसा गरिन् । मकवानपुरको विकासका आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय एवम् पहलका लागि सदैव तयार रहेको उनको भनाई थियो ।
दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, रेडियो मकवानपुर सन्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित पास भएका शेयर सदस्यका छोराछोरीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवमा सहिद विषयमा साहित्यकार सँगको अन्तरक्रिया एवम् रचना वाचन, हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण, ओम बृद्धाश्रमलाई खाद्यान्न वितरण, रेडियो मकवानपुर मिडिया कप फुट्सल प्रतियोगिता, मनहरी ५ मा निशुल्क स्वास्थ्य शिविर र बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला आयोजना भएको थियो ।
वार्षिकोत्सव समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, हेटौंडा ६ नम्बर वडा अध्यक्ष बिष्णुबहादुर दाहाल, ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कंडेल लगायतको आतिथ्यता थियो ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













