Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा डढेँलो नियन्त्रण सम्बन्धी तालिम

Screenshot_20240209_23300-1707500749.jpg

२६ माघ, हेटौंडा। मनहरी गाउँपालिकामा  डढेँलो नियन्त्रण सम्बन्धी तालिमको आयोजना गरिएको छ।  बिहिबार देखि सुरु भएको २ दिने आगलागी तथा डढेँलो नियन्त्रण सम्बन्धी सचेतनामुलक अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

मनहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा  राप्ती डिभिजन बन कार्यालय मनहरीका वन अधिकृत गगन शर्मा र सुन्दर सामुदायिक बन उपभोक्ता समितिका पुर्व अध्यक्ष बुद्धि प्रसाद पौडेलले बन डढेँलो नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा प्रशिक्षकहरुले आवश्यक सामग्री सहित प्रत्यक्ष रुपमा डढेँलो नियन्त्रणका तरिकाहरु सिकाएका थिए।वन,वातावरण तथा विपद व्यवस्थापन समिती संयोजक एवं ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ र ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल लगायत वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई डढेँलो नियन्त्रणका समयमा प्रयोग हुने पोशाक लगाएर प्रशिक्षण दिइएको थियो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वन,वातावरण तथा विपद व्यवस्थापन समितीका संयोजक श्रेष्ठको सभाध्यक्षता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नम्बर वडाअध्यक्ष शिव प्रसाद खनाल ,७ नम्बर वडाका कार्यवाहक अध्यक्ष नमराज सुवेदी,कार्यपालिका सदस्यहरु लगायत मनहरी गाउँपालिका क्षेत्रमा पर्ने सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Screenshot_20240209_23300-1707500749.jpg
Screenshot_20240209_23300-1707500763.jpg
Screenshot_20240209_23300-1707500767.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार