२७ माघ, हेटौंडा । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरे । इन्दुले ४० रनको योगदान गरिन् । उनले केवल ३३ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काइन् ।
सीताले अविजित ३६ रन जोडिन् । उनले ३८ बलको सामना गरी एक छक्का र एक चौका पनि प्रहार गरिन् । त्यसअघि ओपनर कविता कुँवर चार रन बनाउँदै आउट भएकी थिइन् ।
कविता आउट हुँदा नेपालले केवल ११ रन बनाएको थियो । त्यसपछि इन्दु र सीताले नेपालको स्कोरलाई ८७ रनको स्थितिसम्म पुर्याएका थिए । रुबिना क्षेत्री शून्य रनमा अविजित रहिन् । नेपालले अतिरिक्त रूपमा १५ रन पायो ।
त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि कप्तान केरी चानले २१ रन बनाइन् । मारियम बिबीले १९ रन जोडिन् । यासविन दसवानीले १५ र नताशा माइल्सले ११ रन बटुले । नेपाली टोलीका बलर पूजा महतो र रुबिना क्षेत्रीले दुई-दुई विकेट लिए । कविता जोशी र सीता रानामगरले पनि एक-एक विकेट हात पारे ।
नेपालले दोस्रो खेल आइतबार भुटान र तेस्रो खेल मंगलबार माल्दिभ्ससंग खेल्दै छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















