File Photo
२६ पुस, काठमाडौं । वेटर र कुकको काम भन्दै युवतीलाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजका सञ्चालक ३८ वर्षीय राजकुमार सिटौला पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ परेका सिटौलालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ। तीन युवतीलाई यसरी लगाए यौनधन्धामा झापा घुम्न आएका १८ वर्षीय र दुई जना १७ वर्षीय युवती गत कात्तिकमा बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजमा कोठा लिएर बसेका थिए । सञ्चालक सिटौलाले काउन्टर, वेटरमा र कुकमा काम दिन्छु भनी काममा लगाए । कामकै सिलसिलमा उनीहरुलाई आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लगाए । यौनधन्दामा लगाएपछि उनले होटलमा नराखेर अन्यत्रै कोठा खोजिदिएको नायब प्रहरी उपरीक्षक कोइरालाले बताए ।
प्रहरीले छापा मारेर पक्राउ गर्ने डरले सिटौलाले उनीहरुलाई होटलमा नराखी बिहान कोठाबाट ल्याउने र पुर्याउने गरेका थिए। एक महिलाको सहयोगमा आठराई पाँचथर होटलमा लगेर पनि दैनिक जसो यौनधन्दा गराउने गरेको प्रहरीको दाबी छ।
यसरी पक्राउ परे सिटौला
आर्थिक प्रलोभनमा पारेर युवतीहरूलाई यौनधन्दामा लगाएका होटल सञ्चालक सिटौलाले धन्दामा लगाए बापत उनीहरुलाई रकम दिएका थिएनन्। पीडितमध्ये एक जना पुस २४ गते कोठाबाट भागेर इलाका प्रहरी कार्यालय आइपुगेकी थिइन् । युवतीले होटल सञ्चालकले यौनधन्दाको बारेमा जानकारी गराएसँगै प्रहरी टोलीले होटल सञ्चालक सिटौलालाई पक्राउ गरेको हो । उनलाई सोही दिन पक्राउ गरेपनि उनको सहयोगी महिला भने फरार रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।
करिब साढे दुई महिना यौनधन्दामा लगाएबापत १८ वर्षीया युवतीको दुई लाख, १७ वर्षीय युवतीको एक लाख ५० हजार र अर्की १७ वर्षीया युवतीको ५० हजार रुपैयाँ सञ्चालक सिटौलाले दिन नमानेपछि युवतीहरू प्रहरीमा उजुरी गर्न आएको नायब उपरीक्षक कोइरालाले बताए ।
साभार : थाहा खबर
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)