Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जेरिना कम्प्युटरको सूचना प्रबिधिसम्बन्धी अभिमुखीकरण

anff-1707612401.jpg

२७ माघ, हेटौंडा । सूचना प्रविधिसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उद्देश्यले हेटौंडामा आयोजना गरिएको एकदिने सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा रही सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत र बिभिन्न पेशामा संलग्न सरोकारवालालाई समावेश गरी अभिमुखीकरण गरिएको हो । 
मकवानपुरलगायत छिमेकी जिल्लामा कम्प्युटर तथा बिभिन्न सूचनासंचारप्रविधिको क्षेत्रमा कार्य गर्दै आएको चर्चित सप्लायर्स जेरिना कम्प्युटर इन्फोसिसको आयोजना र संसारका झन्डै ६० भन्दा बढी देशमा सूचना र प्रविधिसँग सम्बन्धित सामग्री उत्पादन र वितरण गर्दै आइरहेको रुजी–रेइ ब्राण्डको सहयोगमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको जेरिना कम्प्युटर इन्फोसिसका सञ्चालक जीतेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । 
अभिमुखीकरण कार्यक्रममा रुजी–रेइ कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सूचना प्रविधिसँग सम्बन्धित प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीमध्ये आफ्ना अनुभव राख्दै राक्सिराङ गाउँपालिकाको कर्मचारी नवरज रिजालले नेटवर्क र इन्टरनेटसम्बन्धी धेरै जानकारी प्राप्त गर्ने अवसर पाएको प्रति आयोजकलाई धन्यवाद दिए । 
बढ्दो बजारीकरण, प्रविधिको उच्चतम प्रयोग एवम् दिनानुदिन प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रविधि नेपालमा पनि भित्रिरहेको सन्दर्भमा अभिमुखीकरणबाट अपडेट हुने अवसर मिलेको सहभागीले बताए । विगत लामो समयदेखि मकवानपुर र आसपासमा सूचना तथा सञ्चारप्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको जेरिना कम्प्युटर इन्फोसिसले रुजी–रिको आधिकारिक वितरकको रुपमा प्रविधि पनि बिक्रि सुरु गरेको सञ्चालक  कुशावाहाले बताए । 
चीनमा उत्पादन हुने यो प्रविधिले विश्वबजारमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको बताइएको छ । नेपालमा नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने कम्पनीका प्रतिनिधिले दावी गरेका छन् । मकवानपुर, बारा, चितवनस्थित बिभिन्न गाउपालिका, नगरपालिका, विद्यालयका शिक्षक, सूचनाप्रविधिका सप्लायर्स र संचारकर्मीको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणको उत्पादन र बिक्री वितरण, नेटवर्क सुरक्षासम्बन्धी जानकारी दिइएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार