Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा जलवायु परिवर्तन सम्बन्धि सचेतनामुलक प्रशिक्षण

Screenshot_20240213_20362-1707836028.jpg

१ फागुन, हेटौंडा। मनहरी गाउँपालिकाका सीमान्तकृत समुदायलाई जलवायुु परिवर्तनको  सामना गर्न सशक्तिकरण प्रशिक्षण प्रदान गरिएको छ ।हिमराईट्स मकवानपुरको आयोजना र फ्रेन्ड्स अफ नेपालको सहयोग र  मनहरी गाउँपालिकाले समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा १ देखि ९ नम्बर वडामा बसोबास गर्ने करिब ३० जना सीमान्तकृत अगुवाहरुको सहभागिता रहेको थियो । पछिल्लो समय चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन र यसको न्युनिकरणका प्रयासहरुको विषयमा प्रशिक्षण दिईएको हो ।
२ दिने प्रशिक्षण कार्यक्रम पश्चात् मंगलबार संवाद कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित सीमान्तकृत समुदायका प्रतिनिधीहरुले आफ्नो समुदायले भोगेको समस्याहरुको विषयमा गाउँपालिकाका जनप्रतिनिधिसँग संवाद गरेका थिए । संवाद कार्यक्रममा मनहरी गाउँपालिका वडा नं १ बाट सोम लक्ष्मी प्रजा, ३ नं वडाबाट डिलमाया प्रजा, धनमाया प्रजा, तुल बहादुर सुनार , वडा नं ४ का मनिषा प्रजा, वडा नं ६ का गोपीलाल घलान, राम माया प्रजा र वडा नं ९ का सरिता प्रजा लगायतले समस्या राखेका थिए । कार्यक्रममा 
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रसाशकीय अधिकृत रमेश सुवेदी, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक राजकुमार श्रेष्ठ, सामाजीक विकास समिति संयोजक अनन्त प्रकाश अर्याल र सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उठेका विषयहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी वजेट छुट्याएर प्रभावकारी कार्यक्रमहरु ल्याउने सरोकारवालाहरुको भनाई थियो । 

हिमराईट्स नेपालका केन्द्रिय संस्थापक अध्यक्ष अन्जना शाक्यको सभाध्यक्षतामा सन्चालीत उक्त कार्यक्रमलाई गाउँपालिकाका स्रोत शिक्षक विदुर थापाले सहजिकरण गरेका थिए । कार्यक्रममा हिमराईट्स मकवानपुरका अध्यक्ष कुमारी वाईबा, माईती नेपालका माया लामा लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको  निर्मल चोङवाङले प्रशिक्षण दिएका  थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार