४ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको सातौं ईकाई समिति अधिवेशन, पुस्तक विमोचन तथा बृहत् सांस्कृतिक कार्यक्रम बिहिवार हेटौंडामा सम्पन्न भएको छ ।
नेविसंघ वन विज्ञान संकाय हेटौंडाका छैठौं ईकाई समितिका सभापति संकल्प सेढाईको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा ईकाई समितिको सातौं अधिबेशन तथा समितिले प्रकाशन गरेको वृन्दावन नामक पुस्तक विमोचन गरिएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले कांग्रेसको मेरुदण्डको रुपमा चिनिने नेपाल विद्यार्थी संघ नै देश हाक्ने सशक्त युवा उत्पादन गर्ने भएकाले अवका दिनमा युवापुस्ताले सुशासन, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माणमा आफु लाग्दै र अग्रजहरुलाई खबरदारी गर्न समेत सुझाव दिए ।
सातौ अधिवेशनले अस्मित घिमिरेको सभापतित्वमा २१ सदस्यीय नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको ईकाई समिति निर्विरोध चयन गरेको छ ।
समितिको बरिष्ठ उपसभापतिद्वय सुदिप्ता सापकोटा र रोजित भण्डारी, उपसभापतिहरु सन्ध्या कंडेल, अरुणा प्याकुरेल, जीवन शर्मा गैरे, विप्पन श्रेष्ठ, सचिव दीपेन्द्र कुमार शाही, कोषाध्यक्ष ऋषिकेश कुमार बानियाँ, उपसचिव सुजल अधिकारी र सहकोषाध्यक्ष संगिता काफ्ले चयन भएका छन् ।
सदस्यहरुमा असिम डुम्रे, दिपा आचार्य, सुष्मा बोगटी, सुरक्षा पौडेल, ज्योति भट्ट, डेविड ठकुरी, पपुजाकुमारी साह कानु, विवेक खत्री, हिमसागर दाहाल र भद्र विष्ट निर्विरोध चयन भएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाका निवर्तमान डिन बलराम भट्ट, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवाल, नेविसंघका केन्द्रीय सदस्यहरु मिलन पुडासैनी, सुजन सापकोटा, दिनेश कुमार शाही, वन विज्ञान अध्ययन संस्थान फरेष्ट्रीका सभापति ऋषि रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







