Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा, राष्ट्रिय स्तरका कलाकार आउने

Screenshot_20240216_19580-1708092926.jpg

४ फागुन, हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा  हुने भएको छ । फागुन ५ देखि ८ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । 
संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले हेटौंडामा उक्त भेला आयोजना गर्न लागेको हो। 

सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताएका छन्। स्थानिय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए । भेलामा देसभरबाट दुई सय पचास जना पत्रकारहरु र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित हुने र सोही अनुसार व्यवस्थापन पुरा गरिसकेको संघका मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए । कार्यक्रममा नेपाली चलचित्र उध्योगको कार्यपत्र र  चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुनेछ ।  

कार्यक्रममा सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद  र अन्तर्कृया कार्यक्रम आयोजना हुनेछ ।  

चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सह सचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति कार्यक्रममा रहनेछ ।  

यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार