Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशको गाउँसभाको १३ औं अधिवेशन सम्पन्न, पत्रकार सहित २० चेलीलाई सम्मान

FB_IMG_1708093959594-1708094169.jpg

गाउँसभामा सम्मानित भएका पत्रकार समर्पण

४ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन शुक्रबार सम्पन्न गरेको छ।गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानको सभाध्यक्षतामा भएको  १३ औ गाउँसभाले  कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्ने लगायतका ४ वटा प्रस्ताव पारित गरेको  छ ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।गाउँसभामा उपाध्यक्ष मल्लले चालू आवमा १ करोड ११ लाख आन्तरिक आय प्रक्षपण गरेकोमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएको बताए ।

गाउँपालिकाले चालू आवमा २७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गाउँसभामा २८ करोड ५१ लाख रुपैयाँको संशोधित अनुमान प्रस्तुत गरिएको थियो।त्यस्तै गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पेश गरेको नामटार कालिकाटार सडक आयोजनाको भेरियसनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएको छ ।

आजको गाउँसभामा विभिन्न क्षेत्रमा योगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मान  गरिएको छ ।  गाउँपालिकाले  सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरेको छ भने  कैलाश सेवा पुरस्कारबाट पालिकामा कार्यरत प्राविधिक शाखाका ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्र दत्त भट्ट, एमआइएस अपरेटर उमेश कुमार मुक्तान, वडा सचिव शशिकला सिन्तान, निरश मुक्तान पशु प्राविधिक, कार्यालय सहयोगि अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाश कुमार साह, विद्यालय स्टाफ नर्स विन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बाल विकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयोगि सिताराम सुनारलाई नगद पाँच । पाँच हजार रुपैंयासहित सम्मान गरिएको हो । त्यसैगरी राष्ट्रपति रिनङशिल्ड प्रतियोगितामा २०८० को हाइजम्पतर्फ संवरण पदक विजेता गोमा बर्तौला र तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैंया नगद सहित सम्मान गरिएको छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सोहि विद्यालयकी निर्मला हिम्डुङ र एसइइ परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश २ को कमला देवी माविका प्रधानाध्यापक राम एकवाल राय यादवलाई पनि सम्मानित गरिएको छ। आजको सभाले  बाल बिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको गाउँपालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रोत्साहनस्वरुप सम्मान गरेको छ । बजेटमै चेली प्रोत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेली वडा नम्वर १० की  सम्झना स्यांतान, वडा नम्वर ६ निवासी गोमा थोकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वति बर्तौला, राधिका कालाखेतीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार