गाउँसभामा सम्मानित भएका पत्रकार समर्पण
४ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन शुक्रबार सम्पन्न गरेको छ।गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानको सभाध्यक्षतामा भएको १३ औ गाउँसभाले कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्ने लगायतका ४ वटा प्रस्ताव पारित गरेको छ ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।गाउँसभामा उपाध्यक्ष मल्लले चालू आवमा १ करोड ११ लाख आन्तरिक आय प्रक्षपण गरेकोमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएको बताए ।
गाउँपालिकाले चालू आवमा २७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गाउँसभामा २८ करोड ५१ लाख रुपैयाँको संशोधित अनुमान प्रस्तुत गरिएको थियो।त्यस्तै गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पेश गरेको नामटार कालिकाटार सडक आयोजनाको भेरियसनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएको छ ।
आजको गाउँसभामा विभिन्न क्षेत्रमा योगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ । गाउँपालिकाले सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरेको छ भने कैलाश सेवा पुरस्कारबाट पालिकामा कार्यरत प्राविधिक शाखाका ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्र दत्त भट्ट, एमआइएस अपरेटर उमेश कुमार मुक्तान, वडा सचिव शशिकला सिन्तान, निरश मुक्तान पशु प्राविधिक, कार्यालय सहयोगि अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाश कुमार साह, विद्यालय स्टाफ नर्स विन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बाल विकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयोगि सिताराम सुनारलाई नगद पाँच । पाँच हजार रुपैंयासहित सम्मान गरिएको हो । त्यसैगरी राष्ट्रपति रिनङशिल्ड प्रतियोगितामा २०८० को हाइजम्पतर्फ संवरण पदक विजेता गोमा बर्तौला र तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैंया नगद सहित सम्मान गरिएको छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सोहि विद्यालयकी निर्मला हिम्डुङ र एसइइ परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश २ को कमला देवी माविका प्रधानाध्यापक राम एकवाल राय यादवलाई पनि सम्मानित गरिएको छ। आजको सभाले बाल बिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको गाउँपालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रोत्साहनस्वरुप सम्मान गरेको छ । बजेटमै चेली प्रोत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेली वडा नम्वर १० की सम्झना स्यांतान, वडा नम्वर ६ निवासी गोमा थोकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वति बर्तौला, राधिका कालाखेतीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







