Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप लिग-२: नेदरल्यान्ड्स नेपालसंग पराजित

20240217_135815-1708157724.jpg

५ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए । उनले ४५ बलमा  ८ चौका र १ छक्का हिर्काए । अनिल साहले विस्फोटक पाली खेल्दै ३६ बलमा ५७ रन बनाए । उनले ६ चौका र ४ छक्का हिर्काए ।
नेपालले एक मात्र विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए । 
यसअघि राम्रो बलिङ प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । 
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।
नोआ क्रोएसले १२ रन बनाउँदा म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार