Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

अथकित नर्स

Nurse-1515666422.jpg

File Photo

यि कहिल्यै नथाक्ने नर्सहरुको आन्दोलनलाई सहयोग गरौं !

एप्रोन लगाएपछि 
म थकान बिर्सन्छु
दुखाइ बिर्सन्छु
म आफैँलाई बिर्सन्छु 
र सम्झन्छु बिरामी आत्माहरू ।

मेरा अनिदा आँखाहरू
अोखतीका नामहरूमा हुन्छन्
हातका अौँलाहरू
मलमपट्टीहरूमा हुन्छन्
मेरा अोठहरू सहानुभूतिमा हुन्छन् ।

म कहिल्यै भागेको छैन
जिम्मेवारीहरूबाट 
किनकि
मलाई स्पात बनाएको छ
अनेकन गालीहरूले
रूवा बनाएको छ
प्रेमिल घाउहरूले
म झन् झन् 
आत्मविश्वासी भएको छु 
म आफ्नो कामलाई प्रेम गर्छु
म कर्मथलोलाई विश्वविद्यालय सम्झन्छु ।

केही घिन लाग्दा व्यवहारहरू
मेरो इमानदारितासँग 
पराजित भएका छन् ।

पसिनाको अवमूल्यन गर्नेहरू
मेरो पसिनाको शक्ति देखेर
शक्तिहीन भएका छन्
मस्तिष्कहीन भएका छन्
दिलहीन भएका छन् ।

म कामलाई माया गर्ने मान्छे हुँ
जब एप्रोन हुन्छ मेरो शरीरमा
देशकै उपचार गर्ने हिम्मत पलाएर आउँछ
मनभरि
मस्तिष्कभरि ।

- उत्सव चौलागाई


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

थप समाचार