Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लिग-२ सिरिज: नेपाल नामिबियासंग पराजित

20240221_072123-1708512358.jpg

९ फागुन, काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ। त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो। तीन खेलमा २ जित निकालेको नामिबिया अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
जारी सिरिजको नामिबियासँगको अन्तिम तथा दोस्रो खेलमा नेपालले कमजोर ब्याटिङ गर्दै जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको थियो। जवाफमा उक्त लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।
नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा मिचेल भान लिङ्गेनले ३१ रन बनाए। त्यस्तै, जेजे स्मिथले संयमित रुपमा ३४ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए। उसका लागि थप दोहोरो स्कोरका रुपमा रुवेन ट्रम्पेलम्यानले १६ रन बनाएका थिए।
नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले समान १–१ विकेट लिए । त्यसअघि टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाउनु सर्वाधिक रह्यो। उनले आफ्नो करिअरको १२ औं शतक प्रहार गरे। उनीबाहेक कुशल मल्लले ३६ रन बनाउँदा भिम सार्कीले २६ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १८ रन बनाएका थिए।
नेपालका आशा गरिएका तीन खलाडी शून्य रनमा पेभिलियन फर्किएका थिए। अनिल शाह, देभ खनाल र कप्तान रोहित पौडेलले खाता नखोली पेभिलियन फर्किए। त्यस्तै, दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउ हुँदा सोमपाल कामी ४ रनमा आउट भए। करण केसी १२ रनमा समेटिएका थिए।
नामिबियाका लागि बर्नार्ड स्कोल्ज रजन निकोल लोफटाइले समान ४–४ विकेट लिए। त्यस्तै, ज्याक ब्रसेल र जेर्रहार्ड इरासमसले १-१ विकेट लिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार