११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न भएको छ । एडिबि र वर्ल्ड बैंकले नेपालका लागि राष्ट्रिय सहकार्य रणनीतिसम्बन्धी निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूका प्रतिनिधिहरूसंग परामर्श गरेको हो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापाले प्रादेशिक योजनाका चुनौती र अवसर र विश्व बैंकका विज्ञान प्रधान र एसियाली विकास बैंकका श्रीकृष्ण पाठकले एडिबि र विश्व बैंकको राष्ट्रिय साझेदारी रणनीतिबारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नीजि क्षेत्र र सामाजिक संघसंस्थाका प्रतिनिधिले समूहगत छलफल गरि अपेक्षाबारे धारणा प्रस्तुत गरेका थिए ।
एडिबिले बागमती प्रदेशका १३ जिल्लामा १० क्षेत्रका २४ वटा योजनामा लगानी गरेको जानकारी दिइएको थियोे । वर्ल्ड बैंकले बागमती प्रदेशमा मूख्य ७ वटा क्षेत्रसहित अन्य क्षेत्रमा लगानी गरेको छ ।
कार्यक्रममा बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयकी सचिव हुमकला पाण्डे, एसियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यान हान्सेन, विश्व बैंकका बरिष्ठ अधिकृत विज्ञान प्रधान लगायतले मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रममा नीजि क्षेत्रका विभिन्न संस्था, शिक्षा क्षेत्रका विभिन्न संस्था, सामाजिक संघसंस्थाका प्रतिनिधि र संचारकर्मीहरूको सहभागिता रहेको थियो ।
यसअघि बिहीबार स्थानीय सरकारका अध्यक्ष र उपाध्यक्ष, बागमती प्रदेशका विभिन्न मन्त्रालयका सचिव लगायतसंग परामर्श गरेको थियो ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













