१४ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकामा ५ राजनीतिक दलहरुले निर्माण व्यवसायी संघलाई अपमान गरेको बताएको छ । जिल्लामा रहेका निर्माण व्यवसायीहरुको छाता संगठनले मनहरीमा रहेका ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो ।
मनहरी गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले ११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मनहरी गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले २०८०÷११÷११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस जेभीसँग कानुनीरुपमा बागमती प्रदेशसभा सदस्य माननीय इन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति हामी खेद प्रकट गर्न चाहान्छौं ।’
संघद्वारा जारी विज्ञप्तिमा निर्माणको जिम्मा पाएको कम्पनीसँग कानुनी रुपमा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति खेद समेत व्यक्त गरिएको छ ।
संघका अध्यक्ष बालगोपाल कँडेलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको, गाउँपालिकासँग पुल निर्माण सम्पन्न गर्ने सम्झौताको मिति बाँकी नै रहेको अवस्थामा राजनीतिक आवरणमा विना आधार सम्बन्धित पक्षसँग छलफल र समन्वय नगरी गरिएको विरोधको संघले भत्सर्ना गर्ने बताए ।
पुल निर्माणस्थल राष्ट्रिय निकुञ्जको क्षेत्राधिकार भित्रपर्दा भएको प्राविधिक कठिनाई, वर्षायाममा बाढीका कारण भएको क्षती, ढुंगागिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको उपलब्धतामा भइरहेको कठिनाइलगायत असहजतालाई झेलिरहेको परिस्थितिमा राजनीतिक दलले सहयोग गर्नुपर्नेमा उल्टै आन्दोलन गर्नु दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
‘निर्माण व्यवसाय क्षेत्र उद्योगकै रुपमा अगाडि बढिरहेको अवस्थामा विकास निर्माणको कार्य राजनीतिक दलसँग सहकार्य गर्न हामी तयारै छौं । तर, निर्माण व्यवसायीको मनोबल गिराउने गरी प्रयोग गरिएको यस्ता शब्दले राजनीतिक दलले हामीप्रति गर्ने व्यवहार प्रष्ट भएको देखिन्छ ’ विज्ञप्तिमा भनिएको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















