Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा मनहरी जिल्लाकै पहिलो

manahari-gaupalika-1708954299.jpg

१४ फागुन,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका  स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कन (एफआरए)मा जिल्लामै पहिलो हुन सफल भएको छ । नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले जिल्ला समन्वय समितिको सहयोगमा गर्ने मुल्याङ्कन अन्र्तगत वित्तीय सुशासनमा मनहरी पहिलो बन्न सफल भएको हो । मनहरीले  ७३ दशमलव ५ अंक प्राप्त गरेको छ । यस मुल्याङ्कनका लागि योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापन, कार्यन्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई सुचक मानिन्छ । त्यही सुचकको आधारमा जिससले मुल्यांकन प्रतिवेदन तयार पार्ने गर्दछ । 
जिल्ला समन्वय समिति मकवानपुरले आर्थिक बर्ष  २०७९। ८० प्रतिवेदनमा आधारमा मनहरीलाई योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापनमा ७१ दशमलव ४३ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८१ दशमलव ०३ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ८२ दशमलव ३५ प्रतिशत,अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६२ दशमलव ५ प्रतिशत र राजस्व व्यवस्थापनमा ६४ दशमलव ७१ प्रतिशत दिएको छ ।जिससले प्रदान गरेको सम्पुर्ण विषयको औषत ७३ दशमलव ५ प्रतिशत अंक प्रदान गरेको थियो । सोही अंकका आधारमा नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले सार्वजनिक स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा मनहरी पहिलो हुन सफल भएको हो । 
मनहरीसंगै सोही अंकका आधारमा मकवानपुरको थाहा नगरपालिका पनि स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा पहिलो भएको छ । जिससले थाहा नगरलाई पनि वित्तिय सुशासन मुल्याङ्कनको सुचकमा मनहरीलाई झै समान प्रतिशत दिएको छ । यता हेटौँडा उपमहानगरले भने ७१ प्रतिशत अंक प्राप्त गरेको छ । 

423221544_856372612958451-1708954411.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार