१५ फागुन, हेटौडा । हेटौंडा ६ चौघडामा सीपमुलक तालिम सुरु भएको छ। चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको सहयोगमा मंगलवारदेखि चौघडामा १० दिने हाते ब्याग, रुमाल र कि–रिङ बनाउने तालिम शुरु भएको हो।स्थानीय क्षेत्रका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो ।
तालिमको उदघाटन हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले गरेका हुन् । केन्द्रका अध्यक्ष श्रीराम पुडासैनीको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, बंशगोपाल मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, नवजीवन ज्योति क्लवका अध्यक्ष राजकुमार बास्तोला, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का सचिव राजकुमार फुयाँल, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
रविना भोमजनले सहजीकरण गर्ने तालिममा स्थानीय २७ जना महिलाहरुको सहभागिता रहेको केन्द्रकी सहजकर्ता नानीमायाँ रुम्वाले जनाएकी छिन्।
१ असोज, हेटौंडा । लोसपा नेपालबाट अलग भएका राजेन्द्र महतोले नयाँ पार्टीको घोषणा गरेका छन् । गत फागुनमा...
१ असोज, हेटौंडा । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । प्रधानमन्त्री निवास...
१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल...
१ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष...
१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त...
१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप...
१ असोज, हेटौंडा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व...
१ असोज, हेटौंडा । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको...
१ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस...
२५ भदौं, हेटौंडा। हेटौंडा ४ सितलमहल चोक नजिकै दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा ५ जना घाईते भएका छन। मंगलबार...
२६ भदौं, हेटौंडा। मकवानपुरगढी गाउँपालिकामा एक युवकको लडेर मृत्यु भएको छ। बुधबार बिहान मकवानपुरगढी - ६ सरमपुरमा...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
२७ भदौ, हेटौंडा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद जोखिम न्यूनीकरणका लागि...
२१ भदौ, हेटौँडा। मकवानपुरको इन्द्रसरोवरमा स्याउ बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ। बिहीबार राति स्याउ...
►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...
२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...
२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी...
२० भदौ, हेटौँडा। बिहिबार बिहान अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडामा एक स्थानीयको घर भत्किएको छ। बिहीबार...