Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संस्थापकमा श्रेष्ठ कायम गर्न फोनिजको माग

FONIJ-Makwanpur-IMP-(2)-(-1709080431.jpg

१६ फागुन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटमसहितको स्मरण पत्र बुझाएको छ । 
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकाले भन्दै फोनिजले ईतिहास सच्याउन माग गर्दै मकवानपुरमा पनि फोनिजको संघीय अभियान अन्तरगत स्मरणपत्र बुझाइएको हो ।
फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठले पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका लागि पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई मंगलबार पत्र बुझाएका छन् ।
स्मरणपत्र बुझाएपछि आयोजित छलफल कार्यक्रम नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरको प्रमुख आतिथ्य तथा फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा फोनिजका संघीय प्रतिनिधी एवं नेवाः पत्रकार राष्ट्रिय दबुः मकवानपुरका अध्यक्ष सुवर्णलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्षहरु ध्रुब अधिकारी, सरला अधिकारी, फोनिज बागमती प्रदेशका सदस्य विशाल मगर, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवाश विडारी, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष पुष्पराज अधिकारी, रिपोटर्स क्लब मकवानपुरकी सचिव भावना रिजाल लगायतको आथित्यता रहेको थियो ।
यस्तै, फोनिज बागमती प्रदेश समितीले पत्रकार महासंघ बागमती प्रदेश समितीका महासचिव कृष्ण सारु मगरलाई पनि मागपत्र बुझाएको छ ।
‘तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन्,’ स्मरणपत्रमा उल्लेख छ, ‘श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत् माग गरिएपनि गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार भएन ।’
‘सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ,’ फोनिजले भनेको छ, ‘तसर्थ ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दछौँ, हाम्रो माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी गराउँदछौँ ।’
तत्कालिन नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ रहेको भन्दै फोनिजले वि.सं. २००८ वैशाख ९ गतेको पत्रकार भेलाले श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको र २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको जिकिर गरेको छ ।
‘अधिकारका लागि कलम चलाउनसमेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन,’ स्मरणपत्रमा उल्लेख छ, ‘त्यो हिम्मत र साहस गर्नुहुने सत्यनारायण बहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति फोनिज सम्मान व्यक्त गर्दछ ।’
अकाट्य तथ्यहरुका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक सभापति(हाल अध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरुले पुष्टि गरिसकेको दाबी गर्दै फोनिजले नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरुलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएकोमा महासंघको कदमप्रति फोनिजले गम्भीर विमति राख्दै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार