१९ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।
२८६० औं छ्योनाम ल्योछारको अवसर पारेर हेटौंडा–६ गौरीटार रंगशालामा प्रतियोगिता सञ्चालन हुने १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानले जानकार दिए ।
आउँदो चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिता २२ गते सम्म सञ्चाल हुने खेलकुद समितिका संयोजक गोबिन्द नेगीले बताए । प्रतियोगितामा बिजेताले १ लाख र उप बिजेताले ५० हजार नगद पुरस्कार सहित शिल्ड तथा मेडल पाउँने उनको भनाई छ । प्रतियोगितामा बिद्यागत पुरस्कारको व्यवस्था समेत रहेको उनले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ । वडा कार्यालय सहित वडा क्षेत्रमा रहेका उद्योग प्रतिष्ठान, समाजिक संघ सस्थासँगको समन्वयमा खर्च व्यवस्थापन गरीने आयोजक वडा खेलकुद बिकास समितिले जनाएको छ ।
खेलमा नगरका सबै वडाबाट सहभागिताको लागि समन्वय गरीने र खेलाडि समावेसको हकमा वडाको सिफारीस अनिवार्य रहेको वडा अध्यक्ष मुक्तानले बताए । नगर स्तरीय प्रतियोगिताबाट खेल कौशललाई तिर्खादै अघि बढ्नका लागि सहयोग पुग्ने बिश्वास सहित खेल सञ्चालन गर्न लागिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए ।
पत्रकार सम्मेलन वडा खेलकुद विकास समितिका संयोजक नेगीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा सदस्य सिंहबहादुर लो, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फुटबल संघ मकवानपुरका उपाध्यक्ष युवराज लामा, ऋद्धि सिद्धि सिमेन्टका प्रबन्धक रेवन्त ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...