२० फागुन, हेटौंडा । विज्ञान शिक्षक समाज (क्त्ब्ल्) मकवानपुरको आयोजना र मकवानपुर बाल विद्या सदनको सहकार्यमा शनिवार जिल्लास्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हेटौँडा–१८ स्थित मकवानपुर बाल विद्या सदनको सभाहलमा भएको सम्पन्न प्रतियोगितामा जनप्रिय मावि हेटौँड–१६ प्रथम, तुलसीमेहर मावि हेटौँ–१० द्धितीय र नवोदय शिशु सदन हेटौँडा–४ तृतीय भएका छन् । विजयी विद्यायलहरुले क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार रुपौयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा बाल विद्या सदनका निर्देशक सुदीप गिरीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले विज्ञान र प्रविधिको विकासले देशको विकासमा टेवा पुग्दन बताउँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा विज्ञान प्रतिको सकारात्मक धारणा अभिवृद्धि हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा विशिष्ट अतिथि गिरीले नवप्रवर्तनात्मक क्षेत्रमा काम गर्नेहरू सँग आफू सहकार्य गर्न सधैँँ तयार रहेको बताए ।
जिल्लाका १८ ओटा विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा पहिलो छनौट चरणबाट ९ ओटा विद्यालयहरूबिच प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा माध्यमिक तह विज्ञान विषयका असी प्रतिशत र सामान्यज्ञानका बीस प्रतिशत प्रश्नहरू समावेश गरी हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको स्ट्यानका जिल्ला सचिव सुवास खनालले जानकारी दिए ।
जिल्ला सचिव सुवास खनालले सहजिकरण एवं उपाध्यक्ष भरत पोख्रेलले स्वागत गरेको कार्यक्रममा स्ट्यान प्रदेश सदस्य मनिल कर्ण, अग्रज विज्ञान शिक्षक राधेलाल मण्डल, जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रिन, मकवानपुर गढी पालिका अध्यक्ष दीपेन्द्र यादव, मनहरि पालिका अध्यक्ष ओम प्रकाश सापकोटा, हेटौँडा नगर सचिव सुदर्शन पौडेल, नगर सदस्य ईश्वर रिजाल शिक्षकहरू अर्चना दहाल, रविन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)