२० फागुन, हेटौंडा । विज्ञान शिक्षक समाज (क्त्ब्ल्) मकवानपुरको आयोजना र मकवानपुर बाल विद्या सदनको सहकार्यमा शनिवार जिल्लास्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हेटौँडा–१८ स्थित मकवानपुर बाल विद्या सदनको सभाहलमा भएको सम्पन्न प्रतियोगितामा जनप्रिय मावि हेटौँड–१६ प्रथम, तुलसीमेहर मावि हेटौँ–१० द्धितीय र नवोदय शिशु सदन हेटौँडा–४ तृतीय भएका छन् । विजयी विद्यायलहरुले क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार रुपौयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा बाल विद्या सदनका निर्देशक सुदीप गिरीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले विज्ञान र प्रविधिको विकासले देशको विकासमा टेवा पुग्दन बताउँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा विज्ञान प्रतिको सकारात्मक धारणा अभिवृद्धि हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा विशिष्ट अतिथि गिरीले नवप्रवर्तनात्मक क्षेत्रमा काम गर्नेहरू सँग आफू सहकार्य गर्न सधैँँ तयार रहेको बताए ।
जिल्लाका १८ ओटा विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा पहिलो छनौट चरणबाट ९ ओटा विद्यालयहरूबिच प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा माध्यमिक तह विज्ञान विषयका असी प्रतिशत र सामान्यज्ञानका बीस प्रतिशत प्रश्नहरू समावेश गरी हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको स्ट्यानका जिल्ला सचिव सुवास खनालले जानकारी दिए ।
जिल्ला सचिव सुवास खनालले सहजिकरण एवं उपाध्यक्ष भरत पोख्रेलले स्वागत गरेको कार्यक्रममा स्ट्यान प्रदेश सदस्य मनिल कर्ण, अग्रज विज्ञान शिक्षक राधेलाल मण्डल, जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रिन, मकवानपुर गढी पालिका अध्यक्ष दीपेन्द्र यादव, मनहरि पालिका अध्यक्ष ओम प्रकाश सापकोटा, हेटौँडा नगर सचिव सुदर्शन पौडेल, नगर सदस्य ईश्वर रिजाल शिक्षकहरू अर्चना दहाल, रविन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















