२० फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र खेलाडी उत्पादन र खेल क्षेत्रको पुर्वाधार निर्माणमा चासो देखाउँदै आएकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा–११ मा तिल्केश्वर खेल मैदानको शिलान्यास गरेकी छन् ।
चालु आर्थिक बर्ष २०८०÷०८१ मा उपमहानगरले बिनियोजन गरेको बजेट मार्फत निर्माण हुने मैदानको शनिवार नगर प्रमुख लामाले शिलान्यास गरेकी हुन् । उपमानगरले चालु आर्थिक बर्षमा छुट्याएको १५ लाख सहित उपभोक्ता तथा अन्य गरी १६ लाख ६७ हजार ८४९ रुपियाँको लागतमा आउँदो बैशाख सम्ममा निर्माण गर्ने लक्ष्य रहेको छ ।
नगर प्रमुख लामाले शिलान्यास गरेसँगै मैदान निर्माणको काम अघि बढ्ने निर्माण समितिका अध्यक्ष बिज्ञानकुमार नेपालले जानकारी दिए । उनका अनुसार मैदानको पश्चिम भागमा रहेका खाडललाई ग्याभिङ वाल लगाएर पुर्ने काम सँगै अहिलेका लागि भलिवल, टेबलटेनीस र फुटसल खेलमा लागि मैदानलाई व्यवस्थापन गरीने छ ।
मैदानको शिलान्यस गर्दै नगर प्रमुख लामाले उपमहानगरले खेल र खेलाडीका लागि आवश्यक बजेट छुट्याएर काम गरीरहेको बताइन् । उनले उपमहानगरले नगरका बिभिन्न वडाहरुमा रहेका मैदानलाई व्यवस्थित गर्नका लागि बजेट बिनियोजन गर्दै कामलाई अघि बढेको उल्लेख गर्दै पुर्वाधारको व्यवस्थापनमासँगै खेलाडी उत्पादनमा पनि उपमहानगरको जोड रिहेको उनको भनाई छ ।
मैदान शिलान्यास कार्यक्रममा हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहालले अहिले प्रारम्भ भएको मैदानको कामलाई अघि बढाउन आवश्यक सहयोग गर्ने बताइन् । अहिले नगरबाट आएको बजेटबाट काम थालिएका भएपनि आगामि समयमा वडाको पनि समन्वय र सहकार्य रहने उनले बताइन् । यसरी मैदान निर्माण गर्न सके वडाबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाई थियो ।
मैदान निर्माण समितिका अध्यक्ष नेपालको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा–११ का वडा सदस्यद्धय संजय विडारी, बिकास नेपाल, डाङडुङ्गे सामुदायीक बनका अध्यक्ष सालिकराम पुडासैनी, टोल बिकास सस्था नगर समन्वय समितिका उपमहानसचिब देबकुमार श्रेष्ठ, टोल बिकास सस्था वडा समन्वय समितिका संयोजक यज्ञबहादुर आचार्य भैरबकुञ्ज टोल विकास सस्थाका अध्यक्ष मेघनाथ रेग्मी लगाएतको आथिथ्यता रहेको थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















