२२ फागुन, हेटौंडा । नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता आज मंगलबारदेखि सुरु हुँदैछ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगितामा १८ वटा क्लबहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पिप्ले क्याम्पा रंगशालामा हुने क्लबका क्लबका सचिव कबिन सांगामीे जानकारी दिए । आज बिहान ९ बजेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उनको भनाई छ ।
खेलको औपचारिक उद्घाटन भने दिउँसो २ बजे हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले कार्यक्रम रहेको छ । स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा ४५ वर्ष उमेर माथिका पुर्व खेलाडीहरुको सहभागीता रहने रहने छ ।
प्रतियोगिताको पहिलो दिन मंगलबार ५ खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल बिहान ९ बजे नागस्वती भेट्रान्स हेटौंडा र बौद्ध भेट्रान्स काठमाडौं बीच हुनेछ । यस्तै दोश्रो खेल अभिषेक चर्च र बानेश्वर फ्रेन्स भेट्रान्सबीच हुनेछ भने तेश्रो खेल थारू भेट्रान्स र पशुपति भेट्रान्स हेटौंडाबीच हुनेछ
यस्तै प्रतियोगिता अन्तर्गत मंगलबार हुने चौथो खेल चितवन भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ भने अन्तिम अर्थात पाँचौ खेल दिउँसो २ बजे हेटौडा भेट्रान्स बि र एन जे.जे वाई सि सिमराबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेतले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
२६ गतेसम्म चल्ने प्रतियोगितामा करीब १४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता संचालनको लागि हेटौंडा उपमहानगरपालिकाबाट चार लाख र हेटौंडा स्कुल अफ म्यानेज्मेन्टबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम भने आन्तरीक रुपमा व्यवस्थापन गर्न लागिएको सचिव सांगामीले बताए ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















