२५ फागुन, हेटौंडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौंडामा माध्यमिक तहको प्रदेशस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । हेटौंडा ४ स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न प्रदर्शनीमा प्रदेशका विभिन्न पालिकाबाट प्रतिस्पर्धा गर्दै जिल्लास्तरमा छनौट भएका प्रदेशका ११ जिल्लाका विद्यालयहरुको सहभागीता रहेको थियो ।
प्रदर्शनीमा सिद्धिगणेश मावि सिन्धुपाल्चोक प्रथम, बालजागृति अङ्ग्रेजी माध्यम बोर्डिङ स्कुल, हेटौंडा द्धितीय, स्काइराइडर मावि चितवन तृतीय र वेस्ट विङ मावि ललितपुर सान्त्वना भएका थिए । प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका विद्यालयलाई कार्यक्रमकी प्रमुख अतिथि प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले क्रमशः नगद १५ हजार, १३ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिन् ।
कार्यक्रम शिक्षा विकास निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदीको सभाध्यक्षता र सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल प्रसाद कँडेल, शारदा कुमारी मैनाली, देवनारायण चौधरी, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँ, पवित्रा तिमल्सिना, विद्यायलका शिक्षक अभिभावक संघ अध्यक्ष केदार ढोडारी लगायत आधुनिक विद्यालयका सहायक प्रधानाध्यापक मालती पोख्रेल, राजेन्द्र ठकुरी र एघार–बाह्र कोअर्डिनेटर राजाराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रदर्शनकीको मूल्याङ्कन समितिमा वनविज्ञान अध्ययन संस्थानका जीवविज्ञानका प्राध्यापक रामायण पाठक, मकवानपुर बहुमुखी क्याम्पसका भौतिक शास्त्रका प्राध्यापक लेखनाथ पौडेल र हेटौँडा स्कुल अफ मेनेज्मेन्टका रसायन विज्ञानका प्राध्यापक राजकुमार सञ्जेल रहेका थिए । कार्यक्रमको सहजीकरण आधुनिक राष्ट्रिय माविका विज्ञान शिक्षक सुवास खनालले गरेका थिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















