Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–७ मा दुई पत्रकारलाई सम्मान

Pushpa-1515916988.jpg

३० पुस, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन समूहले हेटौँडाका दुई जना पत्रकारलाई सम्मान गरेको छ । 
समूहको २७ औं बार्षिक साधारणसभामा संचारकर्मी भीमसेन पौडेल र टिम टेलिभिजनका संबाददाता पुष्पराज अधिकारीलाई समूहले गरेका क्रियाकलापहरुको प्रचारप्रसार गराई समूहको गरिमालाई उच्च राख्न सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो । यसैगरी ज्येष्ठ सदस्य फौदसिह कार्की र प्रेमकुमारी अधिकारी, उत्कृष्ठ किसानमा लालबहादुर थिङ, उत्कृष्ठ पशुपालनमा देवकी तिवारी, उत्कृष्ठ उपभोक्तामा बद्रीप्रसाद प्रसाई, सरसफाईमा नवराज केसी र अपाङ्गमा प्रेमबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
साधारण सभाले समूहको अध्यक्षमा पुनः ज्ञान बहादुर क्षेत्री निर्विरोध चयन गरेको छ । सभाले चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र अधिकारी, सचिवमा शान्ति तिमल्सिना, कोषाध्यक्षमा भरत अधिकारी र सहसचिवमा विजय गौतम सर्वसम्मत हुनुभएको छ । यसैगरी सदस्यहरुमा देवराज पौडेल, नन्दुप्रसाद पोखरेल, सम्झना गुरुङ, सावित्री गौतम, सुशिला पाख्रिन र राममाया पाख्रिन चयन भएका छन् । 
साधारण सभाको उदघाटन सत्रमा समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७४/०७५ को लागि १२ लाख ५५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा साधारण सभा भएको थियो । 
साधारणसभामा अस्मिता नेपालकी अध्यक्ष भारती पाठक, हेटौडा ईलाका वन कार्यालय,रातोमाटेकी वनरक्षक अनिता शिलवाल, पिपलेपोखरा सामुदायिक वनका अध्यक्ष रामहरी चौलागाई, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतम, संगालो टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद भटटराई, समूहकी उपाध्यक्ष रेखा मैनाली, उपभोक्ता मीना अधिकारी, देवराज पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । यो समूह २०७३ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण तृतिय पुरस्कारबाट पुरस्कृत समूह हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार