२९ फागुन, काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध ८५ रनको जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। ब्याटिङमा ५९ रन बनाएका भुर्तेलले बलिङमा ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित भए।
पिएनजीका लागि हिरीहिरीले २८ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक सेसे बाउले २१ रन तथा टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए।
नेपालका लागि कुशलले सर्वाधिक ४ विकेट लिँदा प्रतिश जिसीले २ विकेट तथा आकाश चन्द र गुल्सन झाले समान १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाएका थिए।
उनले करिअरको ८ औं अर्धशतक पुरा गर्दै टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने दोस्रो खेलाडीसमेत बने।
भुर्तेलले ३६ औं इनिङमा एक हजार रन पुरा गरेका हुन्। उनले यो बीचमा एक शतक र ८ अर्धशतक प्रहार गरेका छन्। टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने उनी दोस्रो खेलाडी हुन्। उनीअघि दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका थिए।
त्यस्तै, नेपालका लागि सन्दीप जोराले विस्फोटक अर्धशतक प्रहार गरे। जोराले २६ बलमा ५६ रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, बिबिके यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दा नेपालले उच्च स्कोर बनायो।
विवेकले ४ बलमा १९ रन बनाए। त्यस्तै, लगुल्सन झाले १२ बलमा १५ रन बनाउँदा लोकेश बम १४ रनमा आउट भएका थिए। पिएनजीका लागि आसाद भालाले २ विकेट लिँदा नोसाइना पोकना, जोन करिको र नोर्मन भनुवाले समान १-१ विकेट लिए।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















