सुनिल शिवाकोटी
७ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ६३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ।
चैत १५ गते बिहीबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५७५० ,प्राविधिक धर तर्फ २६४ गरी ,एक्जाम्टेड तर्फ १४९ गरी कुल ६१६३ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको हो।
यस बर्ष हुने एसइई परीक्षाका लागी मकवानपुरका १० स्थानीय तहमा ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। त्यसैगरी यस बर्ष मकवानपुरमा सामुदायिक तर्फ १०० र संस्थागत तर्फ ३६ विद्यालय गरी कुल १३६ विद्यालय एसइई परीक्षामा सामेल हुने समन्वय ईकाई प्रमुख दिनानाथ गौतमले प्रष्ट खबरलाई बताएका छन्।
१५ गतेबाट सुरु हुने परीक्षाको तयारी पुरा भइसकेको जनाइएको छ।उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्र पठाउने काम शुरू गरिसकिएको गौतमले बताएका छन्। उनले १/२ दिनमा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्यक्रम रहेको बताएका छन्। उनले संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको उल्लेख गरेका छन्।
यस बर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मा वि फापरबारी,बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मा वि छतिवन, जनकल्याण मा वि पालुङ, महेन्द्र मा वि भिमफेदी, मत्सनारायण मा वि पालुङ,सरस्वती बालबोधीनी मा वि मार्खु, बज्रबाराही मा वि, राष्ट्रिय रोटरी मा वि मनहरी सुनाचुरी, महेन्द्र किरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी,महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा-३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर,वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक माध्यमिक विद्यालय हेटौंडा-४,ज्ञन्दा मा वि हेटौंडा-१०,वाल ज्योती माध्यमिक विद्यालय हेटौंडा-५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा-२, भुटनदेवी मा वि हेटौंडा-४, जि एस निकेतन हेटौंडा-५, सोलिड्यारिटी ईङलिश बोर्डिङ स्कुल हेटौंडा-१०, प्रगती मा वि हेटौंडा-९ ,जनप्रिय मा वि हेटौंडा-१६, अमर मा वि हेटौंडा-१, चन्द्रोदय मा वि हेटौंडा-८ र प्रजा जागृति मा वि राक्सिराङ गरी २६ परीक्षा केन्द्र निर्धारण गरेको छ। गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मा वि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको छ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















