फाईल फोटो
१ माघ, नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो ।
‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाउन लागिएको माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए ।
गोरु जुधाई प्रतियोगिताको नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतिस्पर्धाका लागि दर्ता भएका गोरुको श्रेणीमा विभाजन गरिएको छ । विशिष्ट श्रेणीमा दुई हल, (क) श्रेणीमा १० हल र (ख) श्रेणीमा आठ हल गोरु विभाजन गरिएको छ । आयोजक संस्थाका अध्यक्ष अधिकारीका अनुसार गोरुको उचाइ, मोटाइ र क्षमताका आधारमा श्रेणी विभाजन गरिएको हो ।
नुवाकोटको बुधसिङ, तारुका, धादिङको खाल्टे, कल्लेरी र धुवाकोटका किसानले पालेका गोरु जुधाउन दर्ता गरेका छन् । प्रतिस्पर्धामा विजेता गोरुधनीलाई रु पाँच हजार र उपविजेतालाई रु तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गर्ने गोरु जुधाई संरक्षण संस्थाका सल्लाहकार एवं तार्केश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले जानकारी दिए ।
“बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिएका हौँ” उनले भने, “गोरु जुधाईलाई २०६२ सालदेखि स्थानीयवासी युवाको पहलमा मेला र पर्वका रुपमा मनाउन थालिएको हो ।”
‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको छ । तारुकाको गोरु जुधाई जात्रा नेपालीमूलको स्पेनी ‘बुल फाइट’को रुपमा परिचित छ । गोरु जुधाई भीडन्तको अवलोकन गर्न मकरसङ्क्रान्ति पर्वको दिन भएकाले धार्मिक र सांस्कृतिक, प्रतिस्पर्धाका रुपमा खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुग्दै आएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले बताए ।
गोरु जुधाई मेला व्यवस्थापनका लागि माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्था गएको वर्ष जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । चन्दनीबारीमा आयोजित गोरु जुधाई मेलास्थलमा पार्किङस्थल, स्वच्छ खानेपानी, खाना–खाजाको प्रबन्ध उचित रहेको वडाध्यक्ष आलेमगरले बताए ।
उनको अनुसार नेपालको पहिलो र एकमात्र गोरु जुधाई प्रतियोगितालाई संस्कृति, परम्परा र पर्यटनसँग जोडेर विश्वभर परिचित बनेकाले यसलाई थप व्यवस्थित हुँदै आएको छ ।
तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईस्थलमा पुग्न पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट चार पाङ्ग्रे सवारीसाधनलाई १० किमीको दूरी पार गरी महादेवफाँटमा आएर त्रिशूली नदीको पक्की पुल पार गरी नौ किमी कच्ची सडक पार गर्नुपर्नेछ । दुई पाङ्ग्रे सवारीसाधनलाई गल्छीबाट तारुकासम्म सात किमी पक्की सडकपश्चात् तारुकाघाटमा रहेको झोलुङ्गे पुलमार्फत त्रिशूली नदी पार गरी पाँच किमी कच्ची सडकमार्फत पुग्न सकिन्छ ।
आफ्नै सवारीसाधन नहुनेले गल्छी–देवीघाट सडकखण्डको सार्वजनिक यातायातमार्फत तारुकाघाटसम्मको यात्रा गरी एक घण्टाको पैदल दूरीमा पुग्नसक्ने व्यवस्था छ ।
यसैबीच, मकरसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा पनि आज दश हल गोरु जुधाउन लागिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीमा नुवाकोट र रसुवाका किसानले पालेको १० हल गोरु जुधाउन दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए ।
प्रतिस्पर्धामा विजेता गोरुको धनीलाई रु तीन हजार र उपविजेतालाई रु दुई हजार ५०० नगदसहित सम्मानपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।
नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा भएको बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न जोरु जुधाईलाई निरन्तरता दिएको क्लबका अध्यक्ष लबटको भनाइ छ ।
बेत्रावतीमा २०६७ सालदेखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरुपमा गोरु जुधाउन थालिएको हो । बेत्रावतीस्थित गोरु जुधाईस्थल पुग्न सदरमुकाम विदुरबाट १० किमी पक्की सडकमार्फत सहजरुपमा पुग्न सक्ने व्यवस्था छ ।
माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्याको पीपलडाँडामा पनि १० हल गोरु जुधाउन लागिएको छ ।
नवप्रतिभा युवा समूहको आयोजना नुवाकोटको विभिन्न स्थानका किसानले पालेको गोरु जुधाउन लागिएको समूहका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए ।
गोरु जुधाउन थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीका किसानले सहभागी हुन आफ्नो गोरुको नाम दर्ता गराएका छन् । प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई रु १० हजार र दोस्रोलाई रु सात हजार नगद पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रचारप्रसार समितिका संयोजक प्रदीप दाहालको अनुसार पञ्चकन्यामा जुधाईने गोरु बाइसे चौबीसे राज्य सञ्चालनको समयमा घले राजाले मनोरञ्जन लिन गोरुलगायतका पशु चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको हो ।
यहाँ विसं २०७२ देखि जनकल्याण युवा समाजको सक्रियतामा नवप्रतिभा युवा समूहमार्फत गोरु जुधाई मेला चल्दै आएको छ । पञ्चकन्याको गोरु जुधाई मेला अवलोकनका लागि टोखा–छहरे सडकखण्डको छहरेबजारबाट पाँच किमी कच्ची सडकमा चार पाङ्ग्रे सवारीसाधनमा नै सजिलै पुग्न सकिन्छ ।
मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको विभिन्न स्थान, धादिङको खाल्टेमा समेत गोरु जुधाई प्रतिस्पर्धा एवं परम्परालाई निरन्तरता दिन लागिएको छ । रासस
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















