१० चैत, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर र हेटौंडा क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा शुक्रबार होली मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएको छ । हेटौंडा क्याम्पसमा होली मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएको हो ।
नेवि संघ हेटौंडा क्याम्पसका इकाई सभापति युवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति वुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि लामाले रंगहरुको पर्व सभ्य भएर भव्य रुपमा मनाउन आग्रह गरे । उनले विद्यार्थीले गर्ने हरेक सकारात्मक गतिविधिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
सभापति लामाले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै होलीले असत्यमाथी सत्यको जितको संकेत गर्ने भएकाले नेविसंघका विद्यार्थी भाईबहिनीहरुलाई यसपर्वले सधै सत्यको पक्षमा लड्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
यस्तै नेवि संघ मकवानपुरका कार्यवाहक सभापति सन्तोष चौलागाईं, होली एकताको प्रतीक भएकाले यस कार्यक्रमले विद्यार्थी र नेवि संघबीच ऐक्यवद्धताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं हेटौंडा क्याम्पस इकाई सभापति विश्वकर्माले नेविसंघले विद्यार्थीहरुको हक अधिकारका लागी सधैं अग्रमोर्चामा रहेर लड्न तयार रहेको दावी गरे । उनले हेटौंडा क्याम्पसमा अध्ययनरत कुनै पनि विद्यार्थीले आर्थिक समस्याकै कारण पढाइ छोड्नुपर्ने अवस्था सिर्जना हुन नदिने पनि बताए ।
कार्यक्रममा काँग्रेम मकवानपुर सह–सचिव इन्दिरा न्यौपाने, नेवि संघ मकवानपुरका पूर्व सभापति राजु खतिवडा, हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, पूर्व क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धर, छात्रवृत्ति कोष हेटौंडा क्याम्पसका अध्यक्ष प्रदीप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







