१० चैत, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यीक संस्था साहित्य संगम मकवानपुरले शनिवार साहित्य क्षेत्रमा योगदान पु¥याएका ७ जना श्रष्टाहरुलाई सम्मान गरेको छ ।
संगमले मकवानपुर साहित्यश्री सम्मान २०८० बाट साहित्यकार इन्दजित शर्मा चौलागाईंलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ । संगमका पूर्व उपाध्यक्ष समेत रहेका चौलागाईंलाई तत्कालीन जिल्ला विकास समिति, मकवानपुर र साहित्य संगम मकवानपुरले संयुक्त रुपमा स्थापना गरेको मकवानपुर साहित्यश्री सम्मानबाट सम्मानित गरिएको हो ।
यस्तै, १५ हजार ५ सय ५ रुपैयाँ राशीकै भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८० बाट कवि कल्पना काफ्लेलाई सम्मानित गरिएको संगमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उक्त पुरस्कार साहित्यकार विशाल अधिकारीले आफ्ना पिताको स्मृतीमा स्थापना गरेका हुन् ।
मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मानबाट साहित्यकार भावना सापकोटा, शुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान कवि तथा गजलकार विश्वनाथ सञ्जेल, रामहरि–देव सम्मानबाट किशन पौडेल, मुक्ति–तारा सम्मानबाट मकवानपुरका हाँस्यव्यंग्यकार सानुभाइ विश्वकर्मा सम्मानित भएका छन् । सम्मानित व्यक्तित्वहरुलाई पुरस्कार स्वरुप जनही १०÷१० हजार नगद राशिसमेत प्रदान गरिएको छ ।
यसैगरी विनोद–सुनिता सुवेदी साहित्य सम्मान ललितपुरका कवि तथा निबन्धकार श्रीराम पाण्डेलाई प्रदान गरिएको छ । कविता र निबन्ध क्षेत्रमा सक्रिय पाण्डेलाई नगद ११ हजार पुरस्कार राशिसहित सम्मान गरिएको छ । साहित्यकार पाण्डेले पुरस्कार स्वरुप प्राप्त गरेको नगद ११ हजार रुपैयाँ साहित्य संगम मकवानपुरको अक्षय कोषमा सहयोग सहयोग गरेको अध्यक्ष बर्तौलले जानकारी दिए ।
साहित्य संगम मकवानपुरका अध्यक्ष बर्तौलाको सभाध्यक्षता एवं वरिष्ठ समहित्यकार निर्मोही ब्यासको प्रमुख आतित्थ्यतामा भएको पुरस्कार वितरण तथा सम्मान समर्पण कार्यक्रममा सम्मानित स्रष्टाहरुले आफ्ना रचना वाचन समेत गरेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...









-nepal-1792111426.jpg)







