Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कुष्माण्डमा मकर मेला शुरु​​​​​​​

Kusmanda-1516024910.jpg


१ माघ, हेटौँडा । हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा आज बाट एक महिने मकर मेला शुरु भएको छ । रत्ना, कर्णा र कौशबाहीको संगम स्थलमा कुष्माण्ड सरोबर त्रिबेणीधाम बिकास समितिको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा माघ महिनाभरका लागि मेला शुरु भएको हो । 
एक महिने मकर मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा नेपाललगायत बिभिन्न गुरुहरुले कथा वाचन गर्ने छन् । मेलाको सुरुवातमा आज ५ हजार बढि भक्तजनहरुले दर्शन गरेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । त्यसैगरी भक्तजनहरुबाट स्वतस्फूर्त रुपमा ९५ हजार नगद सहयोग प्राप्त भएको छ । मेलामा बिशेष गरी १०८ गौमुखी धारामा स्नान गर्ने भक्त जनहरुको बिषेश भिड लागेको थियो । 
माता  कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डबहरुले श्राद्ध तर्पण गरेको, अम्बरीष राजाले भगवान बिष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरु निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । तिनवटा नदिहरुको संगमस्थलका साथै उत्तरबाहिनी नदिका कारणपनि यस क्षेत्रमा आएर गरीने स्नान पनि बिशेष रहेको छ । 
एक महिने मकर मेलामा यस बर्ष अग्नीमहापुराण कथा प्रबचन हुनेछ । कार्यक्रम अनुसार माघ २९ गते बटुकहरुको सामुहिक ब्रतबन्ध पनि रहेको छ । त्यसैगरी प्रत्येक दिन बिहान पाठपारायण नित्य पुजा तथा कथा प्रबचन हुनेछ भने माघ २ गते औशीको दिन गंगा आरती, २८ गते लक्षवर्ती प्रज्ज्वलन, २९ गते तिलार्चन प्रसादी बितरणको कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।  यसैगरी यसबर्षबाट कुष्माण्ड भगवतीको दर्शन गर्न कुष्माण्ड सरोबरमा डुंगाको समेत ब्यबस्था गरीएको अध्यक्ष न्यौपानेले बताए ।  मेलामा बारा, पर्सा, सर्लाही, रौतहट, चितवन, काठमाण्डौ, नबलपरासी, सिन्धुलीलगायत बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु दर्शनार्थ आएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार