१ माघ, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा सोमबारदेखि हेटौँडामा १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगिता शुरु भएको छ ।
बन विज्ञान अध्ययन संस्थानको चौरमा आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । साविक विजेता सुदरपश्चिम लाई १–० गोल अन्तरले पराजित गर्दै उपविजेता नेपाल आर्मीले विजयी शुरुवात गरेको छ । आर्मीको तर्फबाट सरिता मेचेले खेलको ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । महिलाको दोस्र्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले पराजित गरेको छ । मध्यमाञ्चलका लागि सिमा खड्काले निर्णायक गोल गरिन् ।
पुरुषतर्फ भएको पहिलो खेलमा साविक विजेता नेपाली आर्मीले पूर्वाञ्चललाई ८–० गोलको फराकिलो नतिजामा पराजित ग¥यो । आर्मीका लागि दिपसिं धामी ४, राम साहले ३ र सत्यनारायण चौधरीले १ गोल गरेका छन् । दोस्रो खेलमा सुदुरपश्चिमाञ्चलले मध्यमाञ्ललाई १–० ले पराजित गरेको छ । सुदुरपश्चिमका लागि सुरेशप्रसाद जाशीले गोल गरेका थिए ।
प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले उद्घाटन गर्नुभएको थियो । नेपाल हक्कि संघका उपाध्यक्ष मनिष झाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना तथा हक्की संघका सचिव रन्जन थापाले मन्तव्य राख्नु भएको थियो । माघ ६ गतेसम्म हुने प्रतियोगितामा पुरुषततर्फ ५ विकास क्षेत्र र नेपाली आर्मीको टिम गरी ६ टोली र महिलातर्फ ४ विकास क्षेत्रको टिम र नेपाल आर्मी गरी ५ टिमले प्रतिष्पर्धा गर्ने छन् ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...

















