१४ चैत, हेटौंडा । फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको छ । रफास्थित राष्ट्रिय रंगशालमा मंगलबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।
घरेलु टोली बहराइनको जितमा सायद बाकेर, अब्दुल्ला युसुफ र कमिल अल–अस्वादले समान १÷१ गोल गरे । खेलको सातौँ मिनेटमै बहराइनले अग्रता लिएको थियो । यस्तै १८औँ मिनेटमा युसुफले पेनाल्टीमार्फत गोल गर्दै बहराइनलाई २–० को अग्रता दिलाए । गोलरक्षक किरणले काउन्टर अट्याकमा बल रोक्ने क्रममा मोहमद मारहुनलाई फल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो ।
३६औँ मिनेटमा कमिलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए । उनले वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए । ७३औँ मिनेटमा नेपालले गोल गरे पनि उक्त गोलले मान्यता पाएन । सनिश श्रेष्ठको क्रसमा सञ्जीव विष्टले बक्सबाट वान टच गोल गरेका थिए तर, साहयक रेफ्रीले अफसाइड दिएपछि नेपालको गोलले मान्यता पाएन ।
समूह ’एच’ मा रहेको नेपाल ४ खेलमा अंकविहीन रहँदै पुछारमा छ । नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग ४–०, यमनसँग २–० र बहराइनसँग पहिलो खेलमा ५–० गोल अन्तरले पराजित भएको थियो । यसै समूहमा युएई १२ अंकसहित शीर्ष स्थानमा छ ।
९ अंकसहित बहराइन दोस्रो र ३ अंक जोडेको यमन तेस्रोमा छ । यसै समूहको अर्को खेलमा यूएईले यमनलाई ३–० ले पराजित गरेको छ । योसँगै यूएईले शतप्रतिशत जित हासिल गरेको छ ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















