Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग

df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा केन्द्र झरेका बिद्यार्थीहरुलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाकाले बुधबार खाद्यन्न सहयोग गरेको छ । 
बिहीबारबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुन डेरा गरी बस्ने विद्यार्थीलाई पालिकाले अति आवस्यक खाद्यान्न सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले २०३ जना विद्यार्थीलाई प्रति विद्यार्थी साढे १२ किलो चामल, एक लिटर तेल, दाल र नुन उपलब्ध गराएको जानकारी दिए । 
पालिकाको धिराङ, गर्लिङ, सिलिङ्गे, खैराङलगायत विकट गाउँबाट एसईई दिनका लागी गाउँपालिका केन्द्र चैनपुर र ३ नम्बर वडास्थित सरिखेत झरेका विद्यार्थीलाई आर्थिक अभावका कारण खाद्यान्न जुटाउन समस्या गाउँपालिकाले सयोग गरेको अध्यक्ष मल्लको भनाई छ । 
खानेकुराकै समस्याका कारण विद्यार्थी एसईई परीक्षामा सहभागी नहोलान् भन्ने चिन्ताले परीक्षा अवधिभरका लागी आवस्यक खाधन्न जुटाइदिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । 
यसअघिका वर्षहरुमा राक्सिराङ गाउँपालिकाका विद्यार्थीहरुले मनहरी गाउँपालिकामा रहेको रोटरी मावि र महेन्द्र मावि परीक्षा केन्द्रबाट परीक्षा दिँदै आएकोमा यस वर्षबाट भने राक्सिराङ ५ स्थित प्रजा जागृति मावि र राक्सिराङ–३ स्थित सूर्योदय मावि परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् । 
यसवर्ष राक्सिराङ गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयबाट २८१ जना विद्यार्थीले एसईई परीक्षामा सहभागीता जनाउँने जानकारी दिँदै परीक्षा केन्द्र नजिक घर भएकाबाहेकका २०३ जना विद्यार्थीलाई मात्रै खाधन्न सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकार दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार