१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । हेटौंडा उपमहानगरपालिकाले नगरको बिकासका लागी योजना छनौटमा नगरवासीको प्रत्येक्ष सहभागीता बढाउँन वडा स्तरबाटै योजना छनौटकोका लागी बुधबार हेटौंडा १ मा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै आगामि आर्थिक बर्षको बजेट शिक्षा र स्वास्थ्य केन्द्रित भएर ल्याइने बताइन् । मेयर लामाले आगामि आर्थिक बर्षलाई शैक्षिक बर्षको रुपमा मनाउँने लक्ष्य रहेको भन्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राखेर काम गर्न खोजेको स्पष्ट पारिन् ।
बिकासको काम गर्दै गर्दा नगरवासीको आर्यआर्जन र दिगो बिकासलाई पनि ध्यान दिने उनको दावी छ । नगर क्षेत्र भित्रको बाँझो जमिनबाट कसरी नियमित आय गर्न सकिन्छ भन्ने बिषयमा अध्ययन गरेर जनतलाई आर्थिक फाईदा हुने उपायको खोजि गरीने पनि बताइन् ।
यस्तै उपमेयर राजेश बानियाँले नगरलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्दै गर्दा जनताले दिएको सुझावलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्नुपर्ने भएकाले सबै ठाउँको एउटै खाले माग नहुँने हुँदा नगरवासीको आवस्यकतालाई ध्यानदिएर काम गर्ने स्पष्ट पारे ।
हेटौंडा उपमहानगरपालिकाले नगरको बिकासका लागी योजना छनौटमा नगरवारीको प्रत्येक्ष सहभागीता बढाउँन वडा स्तरबाटै योजना छनौटको काम सुरु गरेको छ । उपमहानगरपालिकाले आर्थिक बर्ष ०८१÷०८२ को लागी बार्षिक योजना निर्माण गर्ने उद्देश्यले वडा स्तरबाटै योजना छनौटको काम सुरु गरेको हो ।
उपमहानगरपालिकाले सरोकारवालाहरुको उपस्थितिमा बुधबार हेटौंडा–१ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन कार्यक्रम गरेको छ । वडा तहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले नगरका १९ वटै वडाहरुमा योजना संकलनको काम हुने उपमहानगरका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।
आउँदो बर्ष बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनको भनाई छ ।
बुधबार हेटौंडा १ मा भएको कार्यक्रममा स्थानियले खानेपानी, स्वास्थ्य, शिक्षा र पुर्वाधार बिकासमा जोड दिएका थिए । वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडा सहितको माथिल्लो भेगमा खानेपानीको चरम समस्या रहेको भन्दै दैनिक छाक टार्ने पानिको व्यवस्थापनका लागि २÷३ घण्टा सम्म यात्रा गर्नुपर्ने स्थानीयको भनाई छ ।
हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)