Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन

df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । यसका लागि पालिकाले प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो । 
मनहरी गाउँपालिकामा रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग बिहीबार एक कार्यक्तमकाबीच कार्यसम्पादन सम्झौता गरेको हो । विद्यार्थीहरुको आधार बलियो बनाउने पहिलो खुड्किलो प्राथमिक तह रहेकोले तल्लो तहबाटै सुधारका लागि प्रोत्साहन सहितको कार्यक्रम अघि बढाएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । 
विभिन्न १५ वटा बुँदाहरुमा स्वमुल्यांकन गरी पठाएको विवरणको आधारमा प्रोत्साहन रकम वितरण गरिने उनले बताए । ‘विद्यार्थीको शैक्षिक उपलब्धीलाई प्राथमिकतामा राखेर १५ वटा बुँदा तयार पारेका छौं’, कालाखेतीले भने, ‘स्वमुल्यांकन प्रतिशतका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने छौं ।’ 
कार्यसम्पादन सम्झौता अनुसार प्रधानाध्यापकले वार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्नेछ । विद्यालय सुधार योजना निर्माण, प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण र सामाजिक परीक्षण, सबै शिक्षकसँग शिक्षण सुधार करार गर्नुपर्ने, विद्यार्थी शिक्षक विवरण इएमआइएसमा अध्यावधिक गर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण लगायतका कार्य गर्नुपर्नेछ । यसैको आधारमा कार्यसम्पादन अंक प्राप्त हुनेछ । 
प्रधानाध्यापकको उपस्थिती, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मुल्यांकनका आधारमा पनि कार्यसम्पादन अंक प्राप्त गर्ने मनहरी गाउँपालिकाका सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालले बताए । 
गाउँपालिकाले तयार पारेको कार्यसम्पादन मुल्यांकन अनुसार ० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकले कुनै पनि रकम पाउने छैनन् । ४० देखि ६० प्रतिशत अंक प्राप्त गर्नेले २० हजार, ६० देखि ८० प्रतिशतले २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेले २४ हजार रकम प्राप्त गर्ने शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए ।
 गाउँपालिका अध्यक्ष कालाखेती र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहबरमा शिक्षा शाखा प्रमुख पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता भएको हो । 
कार्यसम्पादन सम्झौताले प्रधानाध्यापकहरु खुसी भएको र यसले शैक्षिक गुणस्तर समेत बढ्ने मनहरीका स्रोत शिक्षक विदुरविक्रम थापाले विश्वास व्यक्त गरे । गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै यसअघि प्राथमिक तहका प्रधानाध्यापकको सरुवा गरेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार