file photo
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली बिषयको परिक्षा हुँदैछ । यसअघि हिजो विहीबारबाट सुरू भएको परीक्षमा पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको थियो ।
पहिलो दिनको परीक्षामा मकवानपुर जिल्लाबाट ११७ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका शाखाले जानकारी दिएको छ । एसईई परीक्षाको लागि जिल्लाबाट ६ हजार १ सय ३३ जनाले फर्म भरेकोमा अङ्ग्रेजीको परीक्षामा ६ हजार १६ जना परीक्षार्थी मात्रै सहभागी भएका हुन् ।
मकवानपुरमा २६ परीक्षा केन्द्र कायम भएकोमा सबैभन्दा बढी राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका शाखा अधिकृत उन्नती ढकालले जानकारी दिइन् । प्रजा जागृति परीक्षा केन्द्रमा २१ छात्रा र ११ छात्र गरी ३२ जना अङ्ग्रेजी विषयको परीक्षामा अनुपस्थित भएका छन् । गत वर्ष मकवानपुरमा २५ परीक्षा केन्द्र रहेकोमा यस वर्ष राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयलाई नयाँ परीक्षा केन्द्र थप गरिएको हो ।
यसैगरी जनता माविमा ३ जना, बुद्ध मावि हात्तिसुडे केन्द्रमा ९ जना, महेन्द्र मावि छतिवनमा १ जना, जनप्रिय माविमा ३ जना, जनकल्याण माविमा ६ जना, मत्स्यनारायण माविमा ३ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
यस्तै राष्ट्रिय रोटरी माविमा ६, महेन्द्रकिरण मावि ज्यामिरेमा ४, महेन्द्रकिरण मावि बसामाडी केन्द्रमा ५, निर्मल माविमा एकजना, वंशगोपाल माविमा एकजना, बालज्योति मावि पिप्लेमा ११ जना, भुटनदेवी माविमा ९ जना, सिद्धार्थ माविमा ४ जना, जीएस निकेतनमा ११ जना, सोलिड्यारिटी इन्टरनेशनल केन्द्रमा २ जना, प्रगति माविमा ३ जना र अमर मावि ३ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरको हाजिरीमा उल्लेख छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







