file photo
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली बिषयको परिक्षा हुँदैछ । यसअघि हिजो विहीबारबाट सुरू भएको परीक्षमा पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको थियो ।
पहिलो दिनको परीक्षामा मकवानपुर जिल्लाबाट ११७ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका शाखाले जानकारी दिएको छ । एसईई परीक्षाको लागि जिल्लाबाट ६ हजार १ सय ३३ जनाले फर्म भरेकोमा अङ्ग्रेजीको परीक्षामा ६ हजार १६ जना परीक्षार्थी मात्रै सहभागी भएका हुन् ।
मकवानपुरमा २६ परीक्षा केन्द्र कायम भएकोमा सबैभन्दा बढी राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका शाखा अधिकृत उन्नती ढकालले जानकारी दिइन् । प्रजा जागृति परीक्षा केन्द्रमा २१ छात्रा र ११ छात्र गरी ३२ जना अङ्ग्रेजी विषयको परीक्षामा अनुपस्थित भएका छन् । गत वर्ष मकवानपुरमा २५ परीक्षा केन्द्र रहेकोमा यस वर्ष राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयलाई नयाँ परीक्षा केन्द्र थप गरिएको हो ।
यसैगरी जनता माविमा ३ जना, बुद्ध मावि हात्तिसुडे केन्द्रमा ९ जना, महेन्द्र मावि छतिवनमा १ जना, जनप्रिय माविमा ३ जना, जनकल्याण माविमा ६ जना, मत्स्यनारायण माविमा ३ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
यस्तै राष्ट्रिय रोटरी माविमा ६, महेन्द्रकिरण मावि ज्यामिरेमा ४, महेन्द्रकिरण मावि बसामाडी केन्द्रमा ५, निर्मल माविमा एकजना, वंशगोपाल माविमा एकजना, बालज्योति मावि पिप्लेमा ११ जना, भुटनदेवी माविमा ९ जना, सिद्धार्थ माविमा ४ जना, जीएस निकेतनमा ११ जना, सोलिड्यारिटी इन्टरनेशनल केन्द्रमा २ जना, प्रगति माविमा ३ जना र अमर मावि ३ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरको हाजिरीमा उल्लेख छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)