२० चैत, हेटौंडा। सत्ता गठबन्धन फेरिएसंगै बागमती प्रदेश सरकार फेरी तेस्रो पटक विस्तार भएको छ। नेकपा एमालेका ४ जना मन्त्री नियुक्त भएसँगै सालिकराम जम्म्कटेल नेतृत्व बागमती सरकार विस्तार भएको हो।
विस्तार भएसँगै बागमती प्रदेश सरकार १३ सदस्य पुगेको छ। थपिएका एमालेका ४ मन्त्रीमा केशव प्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ रहेका छन्। नवनियुक्त ४ मन्त्रीलाई क्रमश पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाललाई खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एकालाल श्रेष्ठ , रामेश्वर श्रेष्ठ र केशव प्रसाद पोखरेल यस अघि २०७९ मा सम्पन्न प्रदेशसभाको निर्वाचनपछि गठित जम्म्कटेल नेतृत्व सरकारमा मन्त्री भइसकेका हुन्।
नवनियुक्त ४ मन्त्रीहरुले सपथ ग्रहण गरेका छन्। मंगलबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रम मार्फत उनलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण कार्यक्रममा सभामुख भुवनकुमार पाठक, मुख्यमन्त्री सालिकराम जम्म्कटेल लगायत अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो। यस अघि बिहीबार हामी नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य जम्कट्टेल नेतृत्व सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए भने चैत १९ गते सोमबार नेकपा एसकी सांसद रमा आले मगर विना विभागीय मन्त्री नियुक्त भएकी थिइन्।
यस्तो छ नवनियुक्त मन्त्रीहरुको कार्य विभाजन
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















