Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश सरकार तेस्रो पटक विस्तार,एमालेका ४ सांसद मन्त्री

IMG-20240402-WA0009-1712063621.jpg

२० चैत, हेटौंडा। सत्ता गठबन्धन फेरिएसंगै बागमती प्रदेश सरकार फेरी तेस्रो पटक विस्तार भएको छ। नेकपा एमालेका ४ जना मन्त्री नियुक्त भएसँगै सालिकराम जम्म्कटेल नेतृत्व बागमती सरकार विस्तार भएको हो।

विस्तार भएसँगै बागमती प्रदेश सरकार १३ सदस्य पुगेको छ। थपिएका एमालेका ४ मन्त्रीमा केशव प्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ रहेका छन्। नवनियुक्त ४ मन्त्रीलाई क्रमश पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाललाई खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

एकालाल श्रेष्ठ , रामेश्वर श्रेष्ठ र केशव प्रसाद पोखरेल यस अघि २०७९ मा सम्पन्न प्रदेशसभाको निर्वाचनपछि गठित जम्म्कटेल नेतृत्व सरकारमा मन्त्री भइसकेका हुन्। 

नवनियुक्त ४ मन्त्रीहरुले सपथ ग्रहण गरेका छन्। मंगलबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रम मार्फत उनलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण कार्यक्रममा सभामुख भुवनकुमार पाठक, मुख्यमन्त्री सालिकराम जम्म्कटेल लगायत अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो। यस अघि बिहीबार हामी नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य जम्कट्टेल नेतृत्व सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए भने चैत १९ गते सोमबार नेकपा एसकी सांसद रमा आले मगर विना विभागीय मन्त्री नियुक्त भएकी थिइन्।

यस्तो छ नवनियुक्त मन्त्रीहरुको कार्य विभाजन 

IMG-20240402-WA0008-1712063622.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार